Section 5 : Value added Tax to be levied
 (१) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कारोबारमा मूल्य अभिवृद्धि कर लाग्नेछ ः–

(क) नेपाल अधिराज्यभित्र आपूर्ति भएका वस्तु वा सेवामा,

(ख) नेपाल अधिराज्यभित्र आयात गरिएको वस्तु वा सेवामा,

(ग) नेपाल अधिराज्यबाहिर निर्यात गरिएको वस्तु वा सेवामा,

(२) प्रत्येक कारोबारको कर लाग्ने मूल्यमा कर लाग्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित वस्तु वा सेवाहरुको कारोबारमा कर लाग्ने छैन । साथै त्यस्तो वस्तु वा सेवाको खरिदमा पहिले लागेको कर दफा १७ बमोजिम कट्टी गर्न र दफा २४ बमोजिम फिर्ता लिन पाइने छैन ।