Section 25 : Tax May Be Refunded
(१) देहाय बमोजिमको करको रकम तत्सम्बन्धी कारोबार भएको मितिले तीन वर्षभित्र फिर्ता पाउन दरखास्त परेमा फिर्ता दिइनेछ ः–

(क) श्री ५ को सरकार, परराष्ट्र मन्त्रालयले कूटनैतिक मान्यता प्रदान गरेको नेपालको कूटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा कर छुटको सुविधा प्रदान गरेको छ भने नेपाल अधिराज्यस्थित त्यस्तो राष्ट्रको कूटनीतिज्ञले नेपाल अधिराज्यभित्र तिरेको करको रकम,

(ख) श्री ५ को सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तर्राष्ट्रिय संस्था वा त्यस्तो संस्थाले तिरेको करको रकम,

(ग) श्री ५ को सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दुई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल अधिराज्यभित्र आयोजना सञ्चालन गर्ने सिलसिलामा तिरेको करको रकम,

(घ) भूलबाट असुल गरिएको करको रकम ।

(२) उपदफा (१) को खण्ड (घ) बमोजिम करको रकम फिर्ता गर्दा करको वास्तविक भार बहन गर्ने व्यक्तिलाई मात्र फिर्ता गरिनेछ ।