Section 9 : Exemption for Small Vendor
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको रकमसम्मको वार्षिक कर लाग्ने कारोबार गर्ने साना व्यवसायीलाई दर्ता गर्नु नपर्ने र विवरण पेश गर्नु नपर्ने तथा अन्य प्रक्रियाहरु पूरा गर्नु नपर्ने गरी तोकिए बमोजिम छुट दिन सकिनेछ ।

तर, कुनै साना कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा दफा १० बमोजिमको प्रक्रिया पूरा गरी कारोबार दर्ता गराउन सक्नेछ ।