Section 21 : Tax Recovery
(१) यस ऐन बमोजिमको म्यादभित्र बुझाउनु पर्ने कर कुनै करदाताले नबुझाएमा महानिर्देशकको पुर्व स्विकृति लिई सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछ ः–

(क) करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।

(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।

(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गरेर ।

(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।

(ङ) श्री ५ को सरकार वा श्री ५ को सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय निकायहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।

(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम करदाताको पुर्व सहमति लिई कट्टा गरेर । (

छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम निर्धारण भएको कर त्यसरी निर्धारण भएको मितिले ६ वर्ष पछि असुल गर्न सकिने छैन ।