Section 19 : Tax Payment
(१) करदाताले प्रत्येक महिनाको कर सो महिना समाप्त भएको मितिले पच्चीस दिनभित्र बुझाउनु पर्नेछ ।

(२) करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा त्यस्तो म्याद नाघेको महिना पछिको महिनाको मसान्तसम्म त्यस्तो बांकी कर रकममा दश प्रतिशत थप दस्तुर बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि करदाताले बुझाउनु पर्ने कर नबुझाएमा निजले त्यस बखतसम्म बुझाउनु पर्ने करको रकमको अतिरिक्त दश प्रतिशत थप दस्तुर बुझाउनु पर्नेछ ।

(४) करदाताले आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा म्यादभित्र करको रकम बुझाउन नसकेको कारण देखाई उपदफा (२) र (३) बमोजिम लाग्ने थप दस्तुरहरु मिनाहा पाउन निवेदन गरेमा र कारण मनासिब देखेमा महानिर्देशकले त्यस्तो दस्तुर मिनाहा दिन सक्नेछ ।

(५) उपदफा (२) र (३) बमोजिमको थप दस्तुरहरु र दफा २६ बमोजिमको ब्याज हिसाब गर्दा बुझाउनु पर्ने कर रकमको दायित्व जुन महिनाको कारोबारबाट सिर्जना भएको हो सोही महिनाको कर बुझाउनु पर्ने म्याद गुज्रेको मितिदेखि नै गणना गरिनेछ ।