Section 26 : Interest
(१) यस ऐन बमोजिम बुझाउनु पर्ने कुनै रकम म्यादभित्र दाखिला नगरेमा त्यस्तो म्याद नाघेको मितिदेखि बुझाउन बांकी रकममा ब्याज लाग्नेछ । त्यस्तो ब्याज दफा ३२ बमोजिम पुनरावलोकनको लागि निवेदन दिएको अवस्थामा पनि गणना गरिनेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि श्री ५ को सरकार, अर्थ मन्त्रालयले समय समयमा ब्याज दर तोक्नेछ । त्यस्तो ब्याजको दर बाणिज्य बैंकले लिने सरदर प्रचलित ब्याजको दरको एक सय बीस प्रतिशत भन्दा कम हुने छैन ।