०% मु.अ.कर (0% VAT)

 शून्य दर भनेको के हो ?

कुनै खास वस्तु तथा सेवाको उत्पादन, उपभोग, र कारोबारलाई बित्तीय प्रोत्साहन प्रदान गर्नु परेमा, कुनै खास वर्ग, क्षेत्र र समूदायलाई विशेष सुविधा दिने नीति अख्तियार गरिएमा त्यस्ता वस्तुको आपूर्तिमा शून्य दर लगाइन्छ । मुख्यतः प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी निकासीलाई प्रोत्साहन दिन शून्य दर लगाइन्छ । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति हो । करयोग्य वस्तुको आपूर्तिमा संकलन गरिएको करबाट खरिदमा तिरेको कर कटृा गर्न सकिन्छ । तर कर छुटको आपूर्तिमा कर संकलन गर्न पाइदैन र खरिदमा तिरेको कर कटृी गर्न पनि पाइदैन ।

 शून्य दर र कर छुट भनेको एकै होइन र ?

होइन । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति हो । करयोग्य वस्तुको आपूर्तिमा संकलन गरिएको करबाट खरिदमा तिरेको कर कटृा गर्न सकिन्छ । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति  भएतापनिबिक्रीमा कर संकलन गर्नु नपर्ने तर खरिदमा तिरेको कर फिर्ता पाईन्छ ।तर कर छुटको आपूर्तिमा कर संकलन गर्न पाइदैन र खरिदमा तिरेको कर कटृी गर्न पनि पाइदैन ।