करपाटी (Tax Plate)

  • करपाटी भनेको के हो ?

► VAT मा दर्ता भए नभएको, VAT लाग्ने वा कर छुटको वस्तु वा सेवाको कारोवार गर्ने करदाताको पहिचान गराउने प्लेट ।

  • क–कसले कस्तो कस्तो करपाटी राख्नुपर्छ ?
  1. VAT मा दर्ता भएका करदाताले हरियो पृष्ठभूमिमा सेतो अक्षर ।
  2. VAT लाग्ने वस्तु वा सेवाको कारोवार गर्ने तर थ्रेसहोल्ड भन्दा कमको कारोवार भई दर्ता  गर्नु नपर्ने करदाताले पहेंलो पृष्ठभूमिमा कालो अक्षर ।
  3. VAT छुट भएका वस्तु वा सेवाको कारोवार गर्ने करदाताले सेतो पृष्ठभूमिमा रातो अक्षर ।
  •  करपाटीको आकार कति हुनुपर्छ ?

► उँचाई १० से.मी. र लम्बाई ३० से.मी. ।

  •  करपाटी कहाँ राख्नुपर्छ ?

► करदाताको कारोवारस्थलमा सबैले स्पष्ट देख्ने ठाउँमा ।

  •  करपाटी नराखेमा के हुन्छ ?

► ऐन तथा नियमावली बमोजिम करपाटी नराखेको खण्डमा वा तोकिएको ठाउमा करपाटी नराखेमा पटकै पिच्छे दुईहजार  रुपैयां जरिवाना लाग्छ ।

  •  करपाटी कहिलेसम्म राखी सक्नु पर्दछ ?

► दर्ता भएको ७ दिन भित्र कारोबार स्थलमा सवैले देख्न सक्ने गरी राख्नु पर्दछ ।