Section 24 : Treatment of Deduction exceeding Tax Liability
(१) दर्ता भएको व्यक्तिले कुनै महिनामा दफा १७ बमोजिम कट्टी गर्न पाउने करको रकम सो महिनामा उठाएको करको रकम भन्दा बढी भएमा त्यस्तो बढी रकम यस ऐन बमोजिम सो महिनासम्म बुझाउनु पर्ने कुनै रकम भए त्यसमा मिलान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम मिलान गरी बांकी रहेको रकम दर्ता भएको व्यक्तिले अर्काे महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।

(३) यस दफा बमोजिम लगातार ६ महिनासम्म मिलान गरेर बा“की रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिनाभरिको कुल बिक्रीमध्ये पचास प्रतिशतभन्दा बढी निकासी गरी बिक्री गर्ने दर्ता भएको व्यक्तिले दफा १७ बमोजिम कर कट्टी गर्न पाउने रकम यस अघि यस दफामा तोकिएको कार्यविधि अपनाई फिर्ता पाउन निवेदन दिएमा बुझाउनु पर्ने कुनै रकम बांकी भए त्यसमा मिलान गरी बांकी रहेको रकम एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्नेछ ।

(५) उपदफा (३) वा (४) बमोजिम कुनै निवेदन परेमा फिर्ता दिनुपर्ने ठहरिएको रकम कर अधिकृतले तुरुन्त फिर्ता दिनेछ र निवेदन परेको मितिले साठी दिनभित्र फिर्ता नगरिएमा त्यस्तो रकममा श्री ५ को सरकारले तोकिए बमोजिमको ब्याज समेत दिनु पर्नेछ ।

(६) दर्ता भएको व्यक्तिले उपदफा (३) र (४) बमोजिम मिलान गरेर बांकी रहेको रकम फिर्ता पाउने दाबी गरिसके पछि त्यस्तो रकम अर्काे महिनामा उठाएको करमा मिलान गर्न पाउने छैन ।