Section 18 : Description of tax to be submitted
(१) करदाताले प्रत्येक महिना आड्ढूले बुझाउनु पर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको पच्चीस दिनभित्र कर अधिकृत समक्ष तोकिए बमोजिम कर विवरण पेश गर्नु पर्नेछ । यस्तो विवरण सो महिनामा कर लाग्ने कारोबार गरेको वा नगरेको जेसुकै भए तापनि पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमका करदाताले एक महिना भन्दा कम वा बढी अवधिको कर विवरण पेश गर्न सक्नेछ ।