Section 8 : Assessment of Tax and Collection
(१) दर्ता भएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
(२) नेपाल अधिराज्यबाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट नेपाल अधिराज्यभित्र सेवा प्राप्त गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मुल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।