Section 37 : Confidentiality
कुनै व्यक्तिबाट प्राप्त हुन आएको करसंग सम्बन्धित कागजात वा अन्य सूचनाहरु देहायका अवस्थामा बाहेक अन्य कुनै अवस्थामा प्रकट गर्न वा प्रकाशन गर्न सकिने छैन ः–

(क) श्री ५ को सरकारको राजश्व संरक्षण गर्ने सिलसिलामा राजश्व सङ्कलन गर्ने अधिकारीलाई जानकारी दिन,

(ख) करदाताको दायित्व प्रमाणित गर्ने सिलसिलामा राजश्वसंग सम्बन्धित कानून बमोजिम अदालतमा प्रमाणको रुपमा पेश गर्न,

(ग) राजश्व न्यायाधिकरण वा कुनै अदालतको कारबाहीको सिलसिलामा रहेको सार्वजनिक अभिलेखको अङ्गका रुपमा राख्न ।