Section 16 : Accounts of Transactions to be mentioned | Value Added Tax Act, 2052 (1996)
Section 16 : Accounts of Transactions to be mentioned
(१) करदाताले दफा १८ बमोजिमको कर अवधिको आफ्नो कारोबारको लेखा अद्यावधिक राख्नु पर्नेछ र त्यस्तो लेखा निरीक्षण गर्न कर अधिकृतले माग गरेमा जहांसुकै रहेको निजको त्यस्तो लेखा कर अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ ।(२) करदाताले राखेको लेखामा देहायका कुराहरु समेत समावेश हुनु पर्नेछ ः–
(क) कारोबार भएको मिति,
(ख) प्रत्येक कारोबारको मूल्य,
(ग) कारोबारको अर्काे पक्ष दर्ता भएको रहेछ भने निजको दर्ता नम्बर, र
(घ) कारोबारसंग सम्बद्ध तोकिए बमोजिमका अन्य कुराहरु ।
(३) दर्ता भएको व्यक्तिले सम्बन्धित कर अधिकृतद्वारा प्रमाणित भएको
खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नु पर्नेछ ।
(४) करदाताले कारोबारको लेखा तोकिएको अवधिसम्म सुरक्षित राख्नु
पर्नेछ ।