दफा ७३ : गणपूरक संख्या
(१) प्राइभेट कम्पनीको साधारण सभाको गणपूरक संख्या त्यस्तो कम्पनीको नियमावलीमा लेखिएबमोजिम हुनेछ ।

(२) कम्पनीको नियमावलीमा गणपूरक संख्याको लागि बढी संख्या तोकिएकोमा बाहेक पब्लिक कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको पचास प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरूमध्ये कम्तीमा तीनजना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिमार्पmत उपस्थित नभई सभाको काम कारबाही हुने छैन ।

(३) उपदफा (२) बमोजिमको गणपूरक संख्या पूरा नभएको कारणले सभा हुन नसकी कम्तीमा सात दिनको सूचना दिई अर्कोपटक सभा बोलाउँदा कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनजना शेयरधनीहरु स्वयं वा प्रतिनिधिमार्पmत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (२) मा रहेको प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम संस्थापना भएको वा दफा १७३ को उपदफा (१) बमोजिम संस्थापना भएको कम्पनीको लागि उपदफा (२) वा (३) मा लेखिएबमोजिम तीनजना शेयरधनी उपस्थित हुन अनिवार्य हुने छैन ।