दफा १४७ : कारोबारको विवरण
(१) प्राइभेट कम्पनीको शेयरधनीले कम्पनीबाट कुनै आर्थिक वर्षको कम्पनीको कारोबारको विवरण माग गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम विवरण माग भएको पन्ध्र दिनभित्रमा कम्पनीको कारोबार गर्ने सञ्चालक, प्रबन्ध सञ्चालक वा पदाधिकारीले प्रमाणित वार्षिक आर्थिक विवरण समावेश भएको विवरण उपलब्ध गराउनु पर्नेछ ।