दफा ११० : कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्ने
(१) प्रत्येक कम्पनीले आफ्नो लेखापरीक्षण गराउन यस ऐनबमोजिम लेखापरीक्षक नियुक्त गर्नु पर्नेछ ।

(२) कुनै कम्पनीको नेपाल राज्यबाहिर शाखा कार्यालय भएमा त्यस्तो शाखा कार्यालय रहेको मुलुकको प्रचलित कानूनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उपदफा (१) बमोजिम नियुक्त लेखापरीक्षकले सो शाखाको पनि लेखापरीक्षण गर्न सक्नेछ ।