Section 95A : Advance tax collection
(१) कमोडिटी फ्युचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यक्तिले सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्यूचर मार्केट सेवा
सञ्चालन गर्ने निकायले अग्रीम कर असुल गर्नु पर्नेछ ।

(२) प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरीद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछ ः–

(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीनसय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीनसय पैंसठ्ठी दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलव पाँच प्रतिशत दरले,

(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो
सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशतका दरले,
 
(३) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पूंजीगत लाभमा मालपोत कार्यालयले रजिस्टे«शनका वखत देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछः–

(क)    निःसर्ग    भएको    गैर    व्यवसायिक    करयोग्य
सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने पांच प्रतिशतका दरले,

(ख)    निःसर्ग    भएको    गैर    व्यवसायिक    करयोग्य
सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने दश प्रतिशतका दरले,

(५) अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।

(६) उपदफा (५) मा उल्लिखित विवरणसँग अग्रीम कर असुल गरिएको रकम वा उपदफा (३) को खण्ड (क) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

(६क) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क बापत विदेशी मुद«ाको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैङ्क वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद«ाको सटही सुविधा दिएको बापतको रकममा विदेशी मुद«ाको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।

(६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्रकृतिक व्यक्तिले नेपाल
बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विधुतीय सेवा उपलब्ध गराए बापत विदेशी मिुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वितीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि टरान्सफर) गर्न संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक
प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पनेछ।

(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बािहर परामर्श सेवा प्रदान गरे बापत िवदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको  भएमा सम्बन्धित बैङ्क, वितीय संस्था तथा मुद्रा हस्तान्तरण ९मनि टरान्सफर० गर्ने संस्थाले त्यस्तो भुक्त्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्क्तानी  प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि टरान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्क्तानी प्रदान  गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

(७) देहाय बमोजिमको अवस्थामा अग्रीम कर दाखिला गर्नु पर्ने
र असुल गर्नु पर्ने व्यक्ति दुवैजना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्ः–

(क)    अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रीम कर असुल नगरेमा, र

(ख)    अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले उपदफा(४)  बमोजिम  असुल  गरेको मानिने रकम उपदफा    (६)    बमोजिम    विभागमा    दाखिला नगरेमा ।

(८) उपदफा (७) बमोजिम अग्रीम कर दाखिला गर्नु पर्ने व्यक्तिले उपदफा (५) मा उल्लिखित  म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

(९) अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले असुल नगरेको अग्रीम कर उपदफा (६) बमोजिम विभागमा दाखिला गरेको भए सो दाखिला भएको कर रकम वरावरको रकम सो कर दाखिला गर्नु पर्ने व्यक्तिबाट असुलउपर गर्न पाउनेछ ।

(१०) यस दफाबमोजिम दाखिला गरिएको अग्रीम कर दाखिला गर्नु पर्ने व्यक्तिले तिर्नु पर्ने बार्षिक कर दायित्वमा घटाउन पाउनेछ । ”