Section 143 : Repeal, amendment and saving:
(१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन् ।
(२) देहायका ऐनहरुमा देहाय बमोजिम संशोधन गरिएका छा् ः–

(ख) कर्मचारी संचयकोष ऐन, २०१९ मा संशोधन ः कर्मचारी संचय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका कुनै किसिमको कर लाग्ने छैन भन्ने शब्दहरुको सट्टा आयकर बाहेक कुनै किसिमको 
कर लाग्ने छैन भन्ने शब्दहरु राखिएका छन् ।
(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधन ः नेपाल पेट्रोलियम ऐन, २०४० को दफा १३ को खण्ड (ग) झिकिएकोछ ।
(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९मा रहेका यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन भन्ने शब्दहरुको सट्टा आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन भन्ने शब्दहरु राखिएकाछन् ।
(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ म संशोधन ः नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खरेज गरिएकोछ ।
(च) नेपाल  विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० खारेज गरिएकोछ ।
(छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधन ः 
(१) खण्ड (क), (ग), (घ), (ङ), (ञ), (ठ), (त), (थ), (द) र (ध) झिकिएकाछन् । 
(२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरू झिकिएकाछन् ।” 
 
 
(ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधन ः विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१क) झिकिएकोछ ।
(झ) बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधन ः बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको आयकर भन्ने शब्द झिकिएकोछ ।
(ञ( त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधन ः त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ३३ को उपदफा (२) झिकिएकोछ ।
(ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधन ः (१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको आयकर भन्ने शब्द झिकिएको छ ।
(२) उपदफा (१), (२) , (३) , (४) (५) र (६) झिकिएका छन् ।
(ठ) पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधन पोखरा विश्व विद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा  (२) झिकिएकोछ ।
(ड) बी. पी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधन वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ को दफा १८ को उपदफा (१) मा रहेको आयकर भन्ने शब्द झिकिएकोछ ।
(ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधन ः नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएकोछ ।
(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफाहरु अन्तर्गत गरिएका सबै काम कारबाही यसै ऐन अन्तर्गत मानिनेछन् ।
(४) यो ऐन लागू हुनुभन्दा अघिका आय वर्षको आय कर निर्धारण  र असूलउपर गर्ने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा आय कर ऐन, २०३१ का व्यवस्थाहरु लागू हुनेछन् ।