Section 57 : Change in control:
(१) कुनै निकायको बिगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिनेछ ।

(१क) उपदफा (१) बमोजिमको कुनै निकायको पचास प्रतिशत वा पचास प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्ने प्रयोजनको लागि   त्यस्तो   निकायको   देहाय   बमोजिमको स्वामित्वलाई मात्र समावेश गरिनेछ ः–
(क) कुल स्वामित्वको एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरवालाले ग्रहण गरेको स्वामित्व, र
(ख) कुल स्वामित्वको एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण  गर्ने शेयरवालामध्ये त्यस्तो निकायको कुल स्वामित्वको एक  प्रतिशतभन्दा  बढी स्वामित्व    ग्रहण    गर्ने शेयरवालाको सम्बद्ध    व्यक्तिले    ग्रहण    गरेको स्वामित्व ।”

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुन निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तनपछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैन ः–

(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न ,

(ख) स्वामित्वको परिवर्तन हुनुभनदा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,

(ग) स्वामित्वका परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४), बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान, 

(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) को खण्ड (क) बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम वा खर्चको दफा २४ को उपदफा (४) बमोजिम सच्चाएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,

(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफ २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तनपछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न ,

(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तनपछि सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,

(छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड  (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तनपछि त्यस्तो प्र्रिमियम बिमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न वा 

(ज) स्वामित्व परिवर्तन हुनुअघि विदेशी आयका सम्बन्धमा दाखिला गरेको करलाई दफा ७१ के उपदफा (३) बमोजिम आगामी वर्षमा सार्न ।

(३) कुनै निकायको स्वामित्वमा कुनै आय वर्षमा उपदफा (१) मा उल्लिखित किसिमले परिवर्तन भएमा सो आय वर्षको स्वामित्व परिवर्तन अघि र पछिको भागहरुलाई छुट्टछुट्टै आय वर्षहरुको रुपमा मानिनेछ ।