Section 6 : Assessable income
यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयलाई निर्धारण योग्य आय मानिनेछ ः–
(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र 
(ख) गैर–बासिन्दा व्यक्तिको आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।
तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुबै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।”