Section 117 : Fees to be charged in cases where documents are not maintained or return or income return is not submitted:
“(१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछ ः–

(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण पाँच हजार रुपैयाँ वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम

(ख) अग्रिम कर असुल गर्नु पर्ने कुनै व्यक्तिले दफा ९५क.को उपदफा (९) बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नु पर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नु पर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,

 (ग) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको  दफा  ४  को  उपदफा  (४)  मा उल्लिखित व्यक्तिको हकमा एक सय रुपैयाँँ प्रति महिनाका दरले हुने रकम र  अन्य व्यक्तिको हकमा सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो  रकम  नकटाई  र  कुनै  रकम समावेश  गर्नुपर्ने  भए  त्यस्तो  रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलब एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँँ प्रति महिनाका दरले हुने रकममध्ये जुन बढी हुन्छ त्यस्तो रकम ।”

(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नु पर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र रकमहरू समावेश गर्नुपर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशतले हुने रकम वा एक हजार रुपैयाँंँमध्ये जुन बढी हुन्छ त्यस्तो रकम शुल्क लाग्नेछ ।

(३) अग्रिम कर कटृी गर्ने कुनै एजेण्टले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश गर्नु पर्ने मितिबाट यस्तो बिवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कटृी गर्नु पर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतले हुने रकम शुल्क लाग्नेछ ।”