Section 94 : Payment of tax in installment:
“(१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछ ः–

दाखिला गर्नु पर्ने मिति दाखिला गर्नु पर्ने कर रकम पुस महिनाको अन्त्यसम्म    अनुमानित करको    चालीस प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम  चैत महिनाको अन्त्यसम्म अनुमानित करको  सत्तरी प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम असार महिनाको अन्त्यसम्म अनुमानित करको  शत प्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम
स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि,–

(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नु पर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नु पर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनुपर्छ ।

(ख) “तिर्न बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनुपर्छ ः–

(१) सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यस्तो आय वर्षमा दाखिला गरेको कर रकम,

(२) त्यस्तोे आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नु पर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम उक्त वर्षमा त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीबाट कट्टी भएको कर रकम,

(३) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि उक्त वर्षमा करकट्टी गर्ने एजेण्ट वा करकट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लिखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम करकट्टी भएको मानिने
रकम विभागमा दाखिला गरेको भए त्यस्तो कर रकम, र

(४) किस्ता बुझाउनु पर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम ।”

 

“(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर  दाखिला  गर्नु पर्नेछ ः–
दाखिला गर्नु पर्ने मिति दाखिला गर्नु पर्ने कर रकम  
पुस महिनाको अन्त्यसम्म पुस २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर असार महिनाको अन्त्यसम्मअसार २० गते सम्मको यथार्थ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दरअनुसार लाग्ने करको गणना गरी  त्यस्तो र रकमबाट पुस मसान्तभित्र दाखिला गरेको र घटाई हुन आउने कर रकम ।”

 

“(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनु पर्ने समग्र किस्ताको जम्मा रकम सात हजार पाँच रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्ने छैन ।”