Section 47A : Special arrangement due to merger of business
(१) बैकिङ्ग तथा वित्तीय व्यवसाय वा वीमा व्यवसाय गर्ने एकै प्रकृतिको निकायहरू आपसमा गाभिएर (मर्जर वा एक्युजिशन) भएमा दफा ५७ को उपदफा (२) को खण्ड (क), (ख), (घ), (ङ), (च) र (छ) तथा उपदफा (३) को व्यवस्था लागू हुने छैन । 

तर, गाभिएर अस्तित्वमा नरहेको निकायको कुनै कट्टी हुन नसकेको नोक्सानी भए त्यस्तो नोक्सानी दामासाहीले आगामी सात वर्षमा कट्टी गर्नु पर्नेछ । यसरी समान किस्तामा नोक्सानी कट्टी गर्ने निकाय सो पुरै नोक्सानी कट्टी नगर्दै पुनः विभाजन भएमा कट्टी भएको नोक्सानी बापत कट्टी भएको रकममा गाभिएको (मर्जर वा एक्युजिशन) आर्थिक बषर््ामा कायम रहेको करको दरले कर तिर्नु पर्नेछ । 

(२) उपदफा (१) बमोजिम निकायहरू गाभिई सम्पत्ति र दायित्वको निसर्ग भएमा देहाय बमोजिम हुनेछः– 

(क) व्यापारिक मौज्दात तथा व्यावसायिक सम्पत्तिको निसर्गको हकमा– 

(१) निसर्गको तत्काल अघि सो सम्पत्ति वापत भएको खूद खर्च बराबरको रकम सो निसर्ग वापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र 

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ । 

(ख) ह्रासयोग्य सम्पत्तिको निसर्गको हकमा– 

(१) निसर्ग हुँदाका वखत अनुसूची–२ को दफा ४ बमोजिम समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निसर्ग वापत प्राप्त गरेको मानिनेछ, र 

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ । 

(ग) दायित्वको निसर्गको हकमा– 

(१) निसर्गको तत्काल अघि सो दायित्वको बजार मूल्य र खुद आम्दानी मध्ये जुन घटी हुन्छ सो बराबरको रकम निसर्ग वापत सो व्यक्तिको लागत परेको मानिनेछ, र 

(२) उपखण्ड (१) मा उल्लेख भए बराबरको रकम दायित्व वहन गर्ने व्यक्तिले सो दायित्व वहन गरे वापत प्राप्त गरेको मानिनेछ । 

(घ) व्यवसाय गाभ्ने निकाय वा गाभिएर कायम भएको निकायले गाभिएको सम्पत्ति र दायित्वको लागत गणना गर्दा गाभिने निकायबाट सो गाभिएको व्यवसाय संचालन गरेका बखत (मर्जर वा एक्यूजीसन अगाडि) कायम रहेका सम्पत्ति र दायित्व वापतका लागत मात्र खण्ड (क), (ख) र (ग) बमोजिम गणना गर्नु पर्नेछ । 

(३) उपदफा (१) बमोजिम गाभिई निसर्ग भएको निकायमा वा गाभिए पश्चातको निकायमा कार्यरत कर्मचारीहरू लाई सामुहिक रुपमा सेवा बाट अबकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा ( अबकाश कोष मार्फत गरिने भुक्तानी वा कर्मचारी सेवा शर्तमा उल्लेख भए अनुसार गनुपर्ने भुक्तानी बाहेकका ) अबकाश भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा पचास प्रतिशत छुट दिई भुक्तानीमा कर कट्टी गर्नुपर्ने छ । 

(४) उपदफा (१) बमोजिम गाभिई निसर्ग भएको निकायमा कायम रहेका शेयरधनीहरूले आफनो शेयर गाभिएको दुई बर्ष भित्र आफनो शेयर बिक्रीको माध्यमबाट निसर्ग गरेमा त्यसरी निसर्ग भएको शेयरमा भएको लाभमा पुजिगत लाभकर लाग्ने छैन । 

(५) उपदफा (१) बमोजिम गाभिई निसर्ग भएको निकायले गाभिएको मितिले दुई बर्ष भित्र गाभिएको अबस्थामा कायम रहेको शेयरधनीलाई बितरण गरेको लाभाशंमा कर लाग्ने छैन । 

(६) उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने एकै वर्गका निकायले संवत् २०७९ साल असार मसान्तभित्र गाभिने आशय पत्र आन्तरिक राजस्व बिभागमा दिनुपर्नेछ । 

(७) उपदफा (१) बमोजिम गाभिनको लागि आशय पत्र दिने निकायहरूले गाभिईने प्रक्रिया ससंवत् २०८० साल असार मसान्तभित्र  पुरा गर्नु पर्नेछ । 

(८) उपदफा (६) मा तोकिएको अवधि भित्र आशय पत्र नदिने निकाय तथा उपदफा ( ७) मा उल्लेख भएको मितिसम्म गाभिने प्रक्रिया पुरा नगरेको निकायको हकमा यो दफाको व्यवस्था लागू भएको मानिने छैन ।