Section 81 : To maintain records or documents:
(१) यस ऐन बमोजिम कर बुझाउनु पर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणिकरण वा अन्य प्रकारले गर्नु पर्ने प्रमाणिकरण तथा पमाणित गर्ने कागजातहरुका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरु नेपालमा खडा गरी राख्नु पर्नेछ ः–

(क) यस ऐन बमोजिम विभागमा पेश गर्नु पर्ने आय विवरण वा अन्य कुनै कागजातहरुलाई पुष्ट्याइँ गर्ने आवश्यक सूचना तथा कागजात,

(ख) निजले बुझाउनु पर्ने कर निर्धारण गर्न सघाउ पुयाउने कागजात,

(ग) खर्च कट्टीलाई पुष्ट्याइँ गर्ने कागजात ।

(२) विभागले लिखित रुपमा सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरु सम्बन्धित आय वर्ष समाप्त भएको मितिले पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंगे्रजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आफ्नै खर्चमा त्यस्तो कागजातलाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुवादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गर्न लगाउन सक्नेछ ।

४) विभागले मापदण्ड र प्रक्रिया तोकी कुनै व्यक्तिले विद्युतीय माध्यमबाट बीजक जारी गर्न र उपदफा (१) बमोजिम राख्नु पर्ने कागजातहरू विद्युतीय माध्यमबाट राख्न स्वीकृति दिन सक्नेछ ।”