Section 95A : Advance tax collection
(१) कमोडिटी फ्युचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यक्तिले सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्यूचर मार्केट सेवा
सञ्चालन गर्ने निकायले अग्रीम कर असुल गर्नु पर्नेछ ।

(२) प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरीद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछ ः–
(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशतका दरले,
(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निःसर्ग भएको हो
सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पन्ध्र प्रतिशतका दरले,
 
(३) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पूंजीगत लाभमा मालपोत कार्यालयले रजिस्टे«शनका वखत देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछः–
(क)    निःसर्ग    भएको    गैर    व्यवसायिक    करयोग्य
सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने पांच प्रतिशतका दरले,
(ख)    निःसर्ग    भएको    गैर    व्यवसायिक    करयोग्य
सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने दश प्रतिशतका दरले,
(४) उपदफा (१), (२) र (३) बमोजिम अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रीम कर असुल नगरेको भए पनि असुल हुनु पर्ने
समयमा सो कर असुल गरेको मानिनेछ ।

(५) अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।
(६) उपदफा (५) मा उल्लिखित विवरणसँग अग्रीम कर असुल गरिएको रकम वा उपदफा (३) को खण्ड (क) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।
(७) देहाय बमोजिमको अवस्थामा अग्रीम कर दाखिला गर्नु पर्ने
र असुल गर्नु पर्ने व्यक्ति दुवैजना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्ः–
(क)    अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रीम कर असुल नगरेमा, र
(ख)    अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले उपदफा
(४)  बमोजिम  असुल  गरेको मानिने रकम
 
उपदफा    (६)    बमोजिम    विभागमा    दाखिला नगरेमा ।
(८) उपदफा (७) बमोजिम अग्रीम कर दाखिला गर्नु पर्ने व्यक्तिले उपदफा (५) मा उल्लिखित  म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।
(९) अग्रीम कर असुल गर्नु पर्ने व्यक्तिले असुल नगरेको अग्रीम कर उपदफा (६) बमोजिम विभागमा दाखिला गरेको भए सो दाखिला भएको कर रकम वरावरको रकम सो कर दाखिला गर्नु पर्ने व्यक्तिबाट असुलउपर गर्न पाउनेछ ।
(१०) यस दफाबमोजिम दाखिला गरिएको अग्रीम कर दाखिला गर्नु पर्ने व्यक्तिले तिर्नु पर्ने बार्षिक कर दायित्वमा घटाउन पाउनेछ । ”