दफा ४० : पुरस्कार
(१) कुनै करदाताले आफ्नो करको दायित्वको सम्पूर्ण वा केही अंश छलेको वा छल्न कोसिस गरेको प्रमाण सहित सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकमको बीस प्रतिशत बराबरको रकम पुरस्कारको रुपमा दिइनेछ ।

(२) उपदफा (१) बमोजिम सुचना दिने व्यक्ति एक भन्दा बढी भएमा त्यस्ता व्यक्तिहरु बीच पुरस्कारको बांडफांड महानिर्देशकले निर्धारण गरे बमोजिम हुनेछ ।