मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गर्ने व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : देशको आर्थिक विकासको लागि आवश्यक राजश्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजश्व परिचालन बढाउन वस्तु वा सेवाको बिक्री, वितरण, हस्तान्तरण, आयात वा निर्यात लगायतका सबै कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गर्ने प्रक्रियालाई व्यवस्थित गरी राजश्व सङ्कलन प्रभावकारी ढङ्गबाट गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।