मूल्य अभिवृद्धि कर ऐन, २०५२ [ आर्थिक ऐन, २०७८ समेत मिलाइएको ]
आर्थिक ऐन, २०७८
मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गर्ने व्यवस्था गर्न बनेको ऐन
१. संक्षिप्त नाम र प्रारम्भ
(२) यो ऐन श्री ५ काे सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ
२. परिभाषा
(क) “कर” भन्नाले यस ऐन बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर सम्झनु पर्छ ।
(ख) “कारोबार” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने कार्य सम्झनु पर्छ ।
(ग) “कर लाग्ने कारोबार” भन्नाले दफा ५ को उपदफा (१) मा उल्लिखित कारोबार सम्झनु पर्छ ।
(घ) “कर लाग्ने मूल्य” भन्नाले कुनै वस्तु वा सेवाको सम्बन्धमा दफा १२ बमोजिम कायम गरिने मूल्य सम्झनु पर्छ ।
(ङ) “वस्तु” भन्नाले चल वा अचल दुबै किसिमको सम्पत्ति सम्झनु पर्छ ।
(च) “सेवा” भन्नाले वस्तु बाहेकको जुनसुकै कुरा सम्झनु पर्छ ।
(छ) “आपूर्ति” भन्नाले प्रतिफल लिई कुनै वस्तु वा सेवा बिक्री, विनिमय, हस्तान्तरण गर्ने कार्य वा तत्सम्बन्धी अनुमति दिने वा ठेक्का पट्टा गर्ने कार्य सम्झनु पर्छ ।
(ज) “प्रतिफल” भन्नाले नगद, वस्तु, सेवा वा मूल्य बापत प्राप्त हुने कुनै पनि कुरा सम्झनु पर्छ ।
(झ) “आयात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल अधिराज्यभित्र पैठारी गर्ने कार्य सम्झनु पर्छ ।
(ञ) “निर्यात” भन्नाले प्रचलित कानून बमोजिम वस्तु वा सेवा नेपाल अधिराज्यबाहिर निकासी गर्ने कार्य सम्झनु पर्छ ।
(ट) “बजार मूल्य” भन्नाले दफा १३ बमोजिम निर्धारित मूल्य सम्झनु पर्छ ।
(ठ) “व्यक्ति” भन्नाले कुनै व्यक्ति, फर्म, कम्पनी, संघ, संस्था, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय, गुठी वा कोष सम्झनु पर्छ र सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक संगठन, परोपकारी संस्था वा त्यस्तै अन्य निकायहरु र तिनका शाखा वा उपशाखाहरुलाई समेत जनाउंछ ।
(ड) “दर्ता भएको व्यक्ति” भन्नाले दफा १० बमोजिम कारोबार गर्न दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(ढ) “दर्ता नम्वर” भन्नाले दर्ता भएको व्यक्तिलाई दफा १० बमोजिम प्रदान गरिएको नम्वर सम्झनु पर्छ ।
(ण) “आपूर्तिकर्ता” भन्नाले कुनै वस्तु वा सेवा आपूर्ति गर्ने व्यक्ति सम्झनु पर्छ ।
(त) “प्रापक” भन्नाले कुनै वस्तु वा सेवा ग्रहण गर्ने व्यक्ति सम्झनु पर्छ ।
(थ) “करदाता” भन्नाले कर लाग्ने कारोबारमा संलग्न व्यक्ति सम्झनु पर्छ ।
(द) “विभाग” भन्नाले कर प्रशासनको निमित्त उत्तरदायी हुने गरी श्री ५ को सरकारले तोकेको अर्थ मन्त्रालय अन्तर्गतको कुनै विभाग सम्झनु पर्छ ।
(ध) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(न) “कर अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त श्री ५ को सरकारले नियुक्त गरेको कर अधिकृत, प्रमुख कर अधिकृत वा यो ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी श्री ५ को सरकारले तोकेको अन्य कुनै अधिकृत सम्झनु पर्छ ।
(प) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
४. कर अधिकृतको अधिकार क्षेत्र
५. मूल्य अभिवृद्धि कर लाग्ने
(क) नेपाल अधिराज्यभित्र आपूर्ति भएका वस्तु वा सेवामा,
(ख) नेपाल अधिराज्यभित्र आयात गरिएको वस्तु वा सेवामा,
(ग) नेपाल अधिराज्यबाहिर निर्यात गरिएको वस्तु वा सेवामा,
(२) प्रत्येक कारोबारको कर लाग्ने मूल्यमा कर लाग्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित वस्तु वा सेवाहरुको कारोबारमा कर लाग्ने छैन । साथै त्यस्तो वस्तु वा सेवाको खरिदमा पहिले लागेको कर दफा १७ बमोजिम कट्टी गर्न र दफा २४ बमोजिम फिर्ता लिन पाइने छैन ।
६. आपूर्तिको स्थान र समय
(२) यस ऐन बमोजिम कर निर्धारण र असुल उपर गर्ने प्रयोजनको लागि कुनै वस्तु वा सेवाको आपूर्ति देहायको समयमध्येमा जुन पहिले हुन्छ सोही समयमा त्यस्तो वस्तु वा सेवाको आपूर्ति भएको मानिनेछ ः–
(क) आपूर्तिकर्ताले बीजक जारी गरेको बखत,
(ख) वस्तुको आपूर्तिको हकमा प्रापकले आपूर्तिकर्ताको कारोबार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको बखत,
(ग) सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत,
(घ) आपूर्तिकर्ताले वस्तु वा सेवाको प्रतिफल प्राप्त गरेको बखत ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थाहरुमा देहाय बमोजिमको समयलाई आपूर्ति समय मानिनेछ ः–
(क) निरन्तर रुपमा आपूर्ति हुने दूर सञ्चार सेवा वा त्यस्तै अन्य सार्वजनिक सेवाहरुको हकमा बीजक जारी गर्दाको समय,
(ख) करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एकभन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नु पर्ने भनेर उल्लेख गरिएको दिनमध्ये जुन पहिले हुन्छ सो समय,
(ग) यस ऐन अन्तर्गत कर कट्टी सुविधा प्राप्त नहुने गरी प्रयोग भएका वस्तु वा सेवाको हकमा त्यस्तो वस्तु वा सेवा प्रयोग भएको समय ।
(४) कुनै कारोबारको आपूर्ति समयको सम्बन्धमा उपदफा (२) मा उल्लिखित अवस्थाहरुमध्ये एकैपटक एकभन्दा बढी अवस्थाहरु लागू हुन सक्ने भएमा त्यस्तो कारोबारमा आपूर्तिको समयको निर्धारण महानिर्देशकले वस्तुगत आधारमा तोके बमोजिम हुनेछ ।
७. करको दर
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–२ मा उल्लिखित वस्तु वा सेवाको कारोबारमा शून्य दरमा कर लाग्नेछ ।
८. करको निर्धारण र असुल उपर
(२) नेपाल अधिराज्यबाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट नेपाल अधिराज्यभित्र सेवा प्राप्त गर्ने व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मुल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
९. सानो कारोबार गर्ने व्यवसायीलाई छुट
तर, कुनै साना कारोबार गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दर्ता गराउन चाहेमा दफा १० बमोजिमको प्रक्रिया पूरा गरी कारोबार दर्ता गराउन सक्नेछ ।
१०. दर्ता
(२) यो ऐन प्रारम्भ भएपछि कुनै कारोबारमा संलग्न हुन चाहने प्रत्येक व्यक्तिले कारोबार शुरु गर्नु भन्दा अघि कर अधिकृत समक्ष दर्ताको लागि तोकिएको ढांचामा दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ मा उल्लिखित कर छुट हुने वस्तु वा सेवाको मात्र कारोबार गर्ने व्यक्तिले दर्ता गराउनु पर्ने छैन ।
(४) उपदफा (१) वा (२) बमोजिम रीतपूर्वकको निवेदन दिने प्रत्येक व्यक्तिलाई कर अधिकृतले दर्ता गरी तोकिएको ढाचामा तोकिएको म्यादभित्र दर्ता नम्बर सहितको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(५) दर्ता भएको व्यक्तिले दर्ताको प्रमाणपत्र आफ्नो कारोबार सञ्चालन गर्ने प्रमुख स्थानमा सबैले देख्ने गरी राख्नु पर्नेछ र कारोबारको स्थान एकभन्दा बढी भएमा प्रमुख स्थान बाहेक अन्य स्थानमा समेत कर अधिकृतद्वारा प्रमाणित गरेको दर्ताको प्रमाणपत्र सबैले देखिने गरी राख्नु पर्नेछ ।
(६) दर्ता भएको व्यक्तिले आफ्नो दर्ता नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार सम्बन्धी सबै कारोबार र तोकिए बमोजिमका अन्य कारोबारको सम्बन्धमा समेत गर्नु पर्नेछ ।
(७) उपदफा (१) वा (२) बमोजिम दर्ताको लागि दिएको दरखास्तमा उल्लिखित विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको पन्ध्र दिनभित्र दर्ता भएको व्यक्तिले कर अधिकृतलाई सो कुराको जानकारी दिनु पर्नेछ ।
११. दर्ता खारेजी
(क) संगठित संस्था भए त्यस्तो संगठित संस्था बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा,
(ख) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,
(ग) साझेदार संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा,
(घ) दर्ता भएको व्यक्तिले कर लाग्ने कारोबार गर्न छाडेमा,
(ङ) भूलवश दर्ता भएकोमा ।
(२) दर्ता खारेजी सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(३) पहिले कर कट्टी सुविधा लिईसकिएका वस्तुहरुमध्ये दर्ता खारेज हुंदाका बखत बांकी रहेको मौज्दात (पूंजीगत सामान समेत) मा तोकिए बमोजिम कर निर्धारण गरी असुल गरिनेछ ।
१२. कर लाग्ने मूल्य
(२) कर लाग्ने मूल्यमा देहायका रकमहरु समावेश हुनेछन् ः–
(क) कारोबारको सिलसिलामा आपूर्तिकर्ताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु र नाफाको रकम,
(ख) यस ऐन बमोजिमको कर बाहेक अन्तःशुल्क र अन्य कर रकम ।
(३) वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट, कमिसन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिने छैन ।
(४) वस्तु विनिमय अन्तर्गत आदान प्रदान गरिएका वस्तु वा सेवाको कर लाग्ने मूल्य त्यसरी आदान प्रदान गरिएका वस्तु वा सेवाको बजार मूल्य बराबर हुनेछ ।
(५) यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक आयात गरेको वस्तुको कर लाग्ने मूल्य कायम गर्दा मूल्य अभिवृद्धि कर बाहेक ढुवानी, बीमा, एजेण्ट र अन्य व्यक्तिहरुको कमिसन आदि समेतको पैठारी मूल्य, पैठारी महसुल, समीकारक महसुल र पैठारीमा लाग्ने अन्य कुनै कर भए सो समेत जोडी कर लाग्ने मूल्य कायम गरिनेछ ।
(६) कुनै वस्तु वा सेवाको मूल्य प्रचलित बजार मूल्यभन्दा ज्यादै कम देखिएमा त्यस्तो वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।
(७) आंशिक प्रतिफल लिई आपूर्ति गरेको वस्तु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।
(८) कुनै वस्तु वा सेवा बापत राखिएको धरौटी रकम आपूर्तिकर्ताले त्यस्तो वस्तु वा सेवाको प्रतिफलको रुपमा तोकिए बमोजिम मिलान नगरेसम्म कर लाग्ने मूल्य मानिने छैन ।
१३. बजार मूल्य
(२) यस दफाको प्रयोजनको लागि बजार मूल्य निर्धारण गर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कुनै वस्तु वा सेवाको बजार मूल्य निर्धारण गर्न नसकिएको अवस्थामा महानिर्देशकले तोकेको प्रक्रिया अनुसार त्यस्तो वस्तु तथा सेवाको बजार मूल्य निर्धारण गरिनेछ ।
१४. बीजक दिनु पर्ने
(२) बीजकको ढांचा तोकिए बमोजिम हुनेछ ।
(३) बीजक लिनु प्रापकको कर्तव्य हुनेछ ।
१५. दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
(२) दर्ता नभएको कुनै व्यक्तिले कर उठाएमा त्यसरी उठाएको कर निर्धारण गरी निजबाट असुल उपर गरिनेछ ।
१६. कारोबारको लेखा राख्नु पर्ने
(२) करदाताले राखेको लेखामा देहायका कुराहरु समेत समावेश हुनु पर्नेछ ः–
(क) कारोबार भएको मिति,
(ख) प्रत्येक कारोबारको मूल्य,
(ग) कारोबारको अर्काे पक्ष दर्ता भएको रहेछ भने निजको दर्ता नम्बर, र
(घ) कारोबारसंग सम्बद्ध तोकिए बमोजिमका अन्य कुराहरु ।
(३) दर्ता भएको व्यक्तिले सम्बन्धित कर अधिकृतद्वारा प्रमाणित भएको
खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नु पर्नेछ ।
(४) करदाताले कारोबारको लेखा तोकिएको अवधिसम्म सुरक्षित राख्नु
पर्नेछ ।
१७. कर कट्टी
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यावसायिक वा व्यक्तिगत दुबै प्रयोजनको लागि प्रयोग हुन सक्ने देहायका वस्तुहरुका हकमा कर कट्टी गर्न नपाउने वा आंशिक रूपमा मात्र कर कट्टी गर्न पाउने व्यवस्था गर्न सकिनेछ ः–
(क) हवाइजहाज,
(ख) मोटर,
(ग) कम्प्युटर,
(घ) धेरै मुल्य पर्ने तोकिए बमोजिमका अन्य वस्तुहरु ।
(३) कुनै महिनामा कारोबार भएको वस्तु वा सेवाको पूर्ण अंश कर लाग्ने कारोबारमा प्रयोग नभएमा उक्त वस्तु वा सेवामा पहिले तिरेको कर कट्टी सो वस्तु वा सेवाको कर लाग्ने कारोबारमा प्रयोग भएको अंशमा मात्र तोकिए बमोजिम प्रदान गरिनेछ ।
(४) यस दफा बमोजिम कर कट्टी सुविधा प्रदान गरिने वस्तु वा सेवाको तोकिए बमोजिमको उपयोगिताको अवधि समाप्त हुनुभन्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन छाडेमा तोकिए बमोजिम सो वस्तु वा सेवा तत्काल बजार मूल्यमा बिक्री भएको मानी कर असुल उपर गरिनेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोग भैसकेका वस्तुहरुको कारोबार गर्ने दर्ता भएको व्यक्तिले पाउने कर कट्टी सुविधा तोकिए बमोजिम हुनेछ ।
(६) यस ऐन बमोजिमको कर कट्टी सुविधा तोकिए बमोजिमका कागजातहरुद्वारा दाबी प्रमाणित भएपछि मात्र दिइनेछ ।
(७) दर्ता हुंदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नु पर्ने कर कट्टी गर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१८. कर विवरण पेश गर्नु पर्ने
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमका करदाताले एक महिना भन्दा कम वा बढी अवधिको कर विवरण पेश गर्न सक्नेछ ।
१९. करको भुक्तानी
(२) करदाताले उपदफा (१) मा उल्लिखित म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा त्यस्तो म्याद नाघेको महिना पछिको महिनाको मसान्तसम्म त्यस्तो बांकी कर रकममा दश प्रतिशत थप दस्तुर बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि करदाताले बुझाउनु पर्ने कर नबुझाएमा निजले त्यस बखतसम्म बुझाउनु पर्ने करको रकमको अतिरिक्त दश प्रतिशत थप दस्तुर बुझाउनु पर्नेछ ।
(४) करदाताले आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा म्यादभित्र करको रकम बुझाउन नसकेको कारण देखाई उपदफा (२) र (३) बमोजिम लाग्ने थप दस्तुरहरु मिनाहा पाउन निवेदन गरेमा र कारण मनासिब देखेमा महानिर्देशकले त्यस्तो दस्तुर मिनाहा दिन सक्नेछ ।
(५) उपदफा (२) र (३) बमोजिमको थप दस्तुरहरु र दफा २६ बमोजिमको ब्याज हिसाब गर्दा बुझाउनु पर्ने कर रकमको दायित्व जुन महिनाको कारोबारबाट सिर्जना भएको हो सोही महिनाको कर बुझाउनु पर्ने म्याद गुज्रेको मितिदेखि नै गणना गरिनेछ ।
२०. कर अधिकृतले कर निर्धारण गर्न सक्ने
(क) म्यादभित्र कर विवरण पेश नगरेमा,
(ख) अधुरो वा त्रुटिपूर्ण कर विवरण पेश गरेमा,
(ग) झुट्टा कर विवरण पेश गरेमा,
(घ) करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा ।
(२) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा देहायका कुनै वा सबै आधारमा करको निर्धारण गर्न सकिनेछ ः–
(क) कारोबारको सबुत,
(ख) कारोबारको सम्बन्धमा सम्बन्धित कर अधिकृतले पेश गरेको कर परीक्षण प्रतिवेदन,
(ग) समान प्रकृतिको कारोबारमा संलग्न अन्य व्यक्तिले बुझाएको कर ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपरोक्त बमोजिम करको निर्धारण गर्दा प्रमाणको भार पु¥याउने अभिभारा सम्बन्धित कर अधिकृतको हुनेछ ।
(४) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा कर विवरण पेश गर्नुपर्ने वा पेश गरेको मिति मध्ये जुन पहिले हुन्छ सो मितिले चार वर्षभित्र कर निर्धारण गरिसक्नु पर्नेछ । उक्त अवधिभित्र पनि कर निर्धारण हुन नसकेमा पेश भएको विवरण नै स्वतः मान्य भएको मानिनेछ ।
(५) यस दफा बमोजिम कर निर्धारण गर्दा कर अधिकृतले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।
२१. करको असुली
(क) करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।
(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।
(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गरेर ।
(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।
(ङ) श्री ५ को सरकार वा श्री ५ को सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय निकायहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।
(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम करदाताको पुर्व सहमति लिई कट्टा गरेर । (
छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम निर्धारण भएको कर त्यसरी निर्धारण भएको मितिले ६ वर्ष पछि असुल गर्न सकिने छैन ।
२२. विशेष अवस्थामा कर निर्धारण
२३. जांच तथा परीक्षण सम्बन्धी अधिकार
(२) उपदफा (१) बमोजिम जांचबुझ गर्ने, दर्ता भएको व्यक्तिले दफा १८ बमोजिम पेश गरेको कर विवरण जांच गर्ने र दफा २० बमोजिम कर निर्धारण गर्ने प्रयोजनका लागि कर अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछ ः–
(क) कर दायित्वसंग सम्बन्धित वस्तुहरु, स्थान, कागजात, लेखा तथा अभिलेख जांच गर्ने,
(ख) करदाताको कारोबार स्थल वा यस ऐन अन्तर्गत कसूर मानिने कार्यसित सम्बन्धित प्रमाणहरु हुन सक्ने सम्भावना भएका अन्य स्थलहरुमा खानतलासी लिने,
(ग) आफ्नो कर्तव्यपालनको सिलसिलामा कुनै अभिलेख, किताब, खाता, कागजातहरु तयार गर्ने वा तिनीहरुमा विवरण भर्ने व्यक्तिसंग जानकारी माग गर्ने,
(घ) करदाताको कारोबारस्थल वा सोसंग सम्बन्धित अन्य स्थलमा रहेको कुनै कागजात, किताब तथा अभिलेखलाई हटाउने वा कब्जा गर्ने वा अन्यत्र लैजाने,
(ङ) करदाताको कारोबार सञ्चालन गर्ने स्थान वा कर कार्यालय वा अन्य कुनै उपयुक्त स्थानमा करको लेखापरीक्षण गर्ने ।
(३) कर अधिकृतले बैंक तथा वित्तीय संस्था लगायत कुनै व्यक्तिसंग कुनै करदाताको कारोबारको सम्बन्धमा कुनै कुराको जानकारी माग गरेमा त्यस्तो सूचना कर अधिकृतलाई दिनु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ ।
२४. कट्टी गर्न पाउने रकम बढी भएमा
(२) उपदफा (१) बमोजिम मिलान गरी बांकी रहेको रकम दर्ता भएको व्यक्तिले अर्काे महिनामा बुझाउनु पर्ने करको रकममा मिलान गर्न सक्नेछ ।
(३) यस दफा बमोजिम लगातार ६ महिनासम्म मिलान गरेर बा“की रहेको रकम दर्ता भएको व्यक्तिले एकमुष्ट फिर्ता पाउन तोकिए बमोजिम कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिनाभरिको कुल बिक्रीमध्ये पचास प्रतिशतभन्दा बढी निकासी गरी बिक्री गर्ने दर्ता भएको व्यक्तिले दफा १७ बमोजिम कर कट्टी गर्न पाउने रकम यस अघि यस दफामा तोकिएको कार्यविधि अपनाई फिर्ता पाउन निवेदन दिएमा बुझाउनु पर्ने कुनै रकम बांकी भए त्यसमा मिलान गरी बांकी रहेको रकम एकमुष्ट फिर्ता पाउन निवेदन दिन सक्नेछ ।
(५) उपदफा (३) वा (४) बमोजिम कुनै निवेदन परेमा फिर्ता दिनुपर्ने ठहरिएको रकम कर अधिकृतले तुरुन्त फिर्ता दिनेछ र निवेदन परेको मितिले साठी दिनभित्र फिर्ता नगरिएमा त्यस्तो रकममा श्री ५ को सरकारले तोकिए बमोजिमको ब्याज समेत दिनु पर्नेछ ।
(६) दर्ता भएको व्यक्तिले उपदफा (३) र (४) बमोजिम मिलान गरेर बांकी रहेको रकम फिर्ता पाउने दाबी गरिसके पछि त्यस्तो रकम अर्काे महिनामा उठाएको करमा मिलान गर्न पाउने छैन ।
२५. कर फिर्ता हुन सक्ने
(क) श्री ५ को सरकार, परराष्ट्र मन्त्रालयले कूटनैतिक मान्यता प्रदान गरेको नेपालको कूटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा कर छुटको सुविधा प्रदान गरेको छ भने नेपाल अधिराज्यस्थित त्यस्तो राष्ट्रको कूटनीतिज्ञले नेपाल अधिराज्यभित्र तिरेको करको रकम,
(ख) श्री ५ को सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तर्राष्ट्रिय संस्था वा त्यस्तो संस्थाले तिरेको करको रकम,
(ग) श्री ५ को सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दुई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल अधिराज्यभित्र आयोजना सञ्चालन गर्ने सिलसिलामा तिरेको करको रकम,
(घ) भूलबाट असुल गरिएको करको रकम ।
(२) उपदफा (१) को खण्ड (घ) बमोजिम करको रकम फिर्ता गर्दा करको वास्तविक भार बहन गर्ने व्यक्तिलाई मात्र फिर्ता गरिनेछ ।
२६. ब्याज
(२) उपदफा (१) को प्रयोजनको लागि श्री ५ को सरकार, अर्थ मन्त्रालयले समय समयमा ब्याज दर तोक्नेछ । त्यस्तो ब्याजको दर बाणिज्य बैंकले लिने सरदर प्रचलित ब्याजको दरको एक सय बीस प्रतिशत भन्दा कम हुने छैन ।
२७. कर सरह मानिने
२८. आयात सम्बन्धी व्यवस्था
(२) आयात हुने वस्तुको सम्बन्धमा कर असुल उपर गर्न भन्सार अधिकृतले यस ऐन र प्रचलित भन्सार ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ ।
२९. दण्ड सजाय
(क) दफा १० को उपदफा (१), (२), (५), (६) वा (७) उल्लङ्घन गरेमा प्रत्येक कर महिनाको निमित्त लाग्ने कर र सोको दोब्बर रकम,
(ख) दफा १४ वा १५ उल्लङ्घन गरेमा लाग्ने करको दोब्बर रकम,
(ग) दफा १६ को उपदफा (१) बमोजिम कारोबारको लेखा अद्यावधिक नराखेमा लाग्ने करको दोब्बर रकम र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकै पिच्छे पांच हजार रुपैंया,
(घ) दफा १६ को उपदफा (२), (३) वा (४) उल्लङ्घन गरेमा दश हजार रुपैयांसम्म,
(ङ) दफा १८ को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने कर र सोको शत प्रतिशत रकम,
(च) दफा २३ बमोजिमको कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पांच हजार रुपैयां,
(छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयां ।
(२) कुनै व्यक्तिले देहाय बमोजिमको कुनै कसुर गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको दोब्बर रकमसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ः–
(क) झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरेमा,
(ख) जालसाजी गरेमा वा कर छलेमा,
(ग) दर्ता नभएको व्यक्तिले दर्ता भएको व्यक्ति सरह व्यवहार गरेमा,
(घ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरेमा ।
३०. कारोबारको निलम्बन
३१. अदालतलाई भए सरहको अधिकार हुने
३२. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
३३. धरौटी राख्नु पर्ने
३४. अधिकार प्रत्यायोजन
(२) यस ऐनमा महानिर्देशकले गर्ने भनी किटान भएको अधिकार प्रत्यायोजन हुन सक्ने छैन ।
३५. कर अधिकृतको परिचयपत्र
३६. सूचनाको तामेली
३७. गोपनीयता
(क) श्री ५ को सरकारको राजश्व संरक्षण गर्ने सिलसिलामा राजश्व सङ्कलन गर्ने अधिकारीलाई जानकारी दिन,
(ख) करदाताको दायित्व प्रमाणित गर्ने सिलसिलामा राजश्वसंग सम्बन्धित कानून बमोजिम अदालतमा प्रमाणको रुपमा पेश गर्न,
(ग) राजश्व न्यायाधिकरण वा कुनै अदालतको कारबाहीको सिलसिलामा रहेको सार्वजनिक अभिलेखको अङ्गका रुपमा राख्न ।
३८. कर अधिकृतलाई सजाय हुने
३९. असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
४०. पुरस्कार
(२) उपदफा (१) बमोजिम सुचना दिने व्यक्ति एक भन्दा बढी भएमा त्यस्ता व्यक्तिहरु बीच पुरस्कारको बांडफांड महानिर्देशकले निर्धारण गरे बमोजिम हुनेछ ।
४१. नियम बनाउने अधिकार
४२. अनुसूचीमा थपघट तथा हेरफेर
४३. अरुमा प्रचलित कानून बमोजिम हुने
४४. खारेजी र बचाउ
(क) बिक्री कर ऐन, २०२३ ।
(ख) होटेल कर ऐन, २०१८ ।
(ग) ठेक्का कर ऐन, २०२३ । (
घ) मनोरञ्जन कर ऐन, २०१७ ।
(२) उपदफा (१) बमोजिम खारेज भएका ऐनहरु अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।
अनुसुचीहरू
अनुसूची–१
(मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा (३) संग सम्बन्धित)
कर छुट हुने वस्तु तथा सेवाहरू
(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२) र (४) का अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ ः–
(क) पैसठ्ठी हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) पैसठ्ठी हजार रुपैयाँभन्दा बढी तर एकलाख चालीस हजार रुपैयाँसम्म करयोग्य आय भएमा पैसठ्ठी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) एक लाख चालीस हजार रुपैयाँभन्दा बढीको करयोग्य आय भएमा एकलाख चालीस हजार रुपैयाँ सम्मको करयोग्य आयमा रु. ११,२५०।– र एक लाख चालीस हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।
(२) कुनै आय वर्षमा दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पत्तिको करयोग्य आयमा यस अनुसुचीको उपदफा (४) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछ ः–
(क) पचासी हजार रुपैयाँसम्म करयोग्य आय भएमा कर नलाग्ने,
(ख) पचासी हजार रुपैयाँभन्दा बढी तर एकलाख साठी हजार रुपैयाँसम्म करयोग्य आय पचासी हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा पन्ध्र प्रतिशत, र
(ग) एक लाख साठी हजार रुपैयाँभन्दा बढी करयोग्य आय भएमा एक लाख साठी हजार रुपैयाँसम्मको करयोग्य आयमा रु ११,२५०।– र एक लाख साठी हजार रुपैयाँभन्दा बढी भएको करयोग्य आयमा पच्चीस प्रतिशत ।
(३) यस अनुसूचीको उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुने ः–
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पैसठ्ठी हजार रुपैयाँभन्दा बढी आय भएको वा दफा ५० बमोजिमको छनौट नगरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा पचासी हजार रुपैयाँभन्दा बढी आय भएको, र
(ख) गैर–व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त खूद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदअनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।
(४) यस अनुसूचीको उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ ः–
(क) देहायका रकममध्ये जुन बढी छ सो रकममा सो प्राकृतिक व्यक्ति वा दम्पतीको सो मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछ ः–
(१) सो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट सो लाभको रकम घटाई बाँकी हुन आउने रकम, वा
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पैसठ्ठी हजार रुपैयाँ वा दम्पतीको सम्बन्धमा पचासी हजार रुपैयाँ ।
(ख) सो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ ।
(५) श्री ५को सरकारले तोकेको दुर्गम क्षेत्रमा बसोबास गर्ने प्राकृतिक व्यक्तिहरुको लागि यस अनुसूचीको उपदफा (१), (२), (३) र (४) मा उल्लिखित कर नलाग्ने सीमाको रकम पैसठ्ठी हजार रुपैयाँ र पचासी हजार रुपैयाँमा दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा तीसहजार रुपैयाँसम्म वृद्धि गर्न सकिनेछ ।
(६) यस ऐनको दफा ४ को उपदफा (४) बमोजिमको सीमा एक लाख रुपैयाँ आय र दश लाख रुपैयाँ बराबरको कारेबार हुनेछ ।
(७) यस ऐनको दफा ४ का उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिमको हुनेछ ः–
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुईहजार रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार पाँच सय रुपैयाँ,
(ग) अन्य कुनै स्थानमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा एक हजार रुपैयाँ ।
(८) गैर बासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चिस प्रतिशतका दरले कर लाग्नेछ ।
(९) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकम को पच्चीस प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।
(१०) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।
सवारीको किसिम प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर
(अ) मिनिवस, मिनि ट्रक, ट्रक र बस रू. १,५००।–
(आ) कार, जिप, भ्यान, माइक्रो बस रू. १,२००।–
(इ) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो रू. ८५०।–
(ई) टे«क्टर र पावर टिलर रू. ७५०।–
अनुसूची–२
(दफा ७ को उपदफा (२) संग सम्बन्धित)
शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा

Illustration

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.
Case Laws
Title Case laws

Customized Reading

Frequently Asked Question
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Amet harum odit reprehenderit nisi, maiores fuga debitis inventore asperiores iusto exercitationem, hic. Earum nisi quos dolorem consequatur voluptatum incidunt. Modi, minus.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Pariatur perferendis, consectetur minus. Atque nemo unde quis. Rerum neque error veniam, possimus natus, dignissimos quibusdam tenetur aperiam, totam ipsam illum eius.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Delectus a quidem dicta sapiente placeat hic cupiditate tempora atque quasi incidunt harum, laborum, et aperiam ut, asperiores pariatur numquam facilis non.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Consectetur, fuga, temporibus. Illo nihil perferendis odit, cum ipsa atque deleniti, magni assumenda sint, fugit asperiores ea perspiciatis dolore impedit nobis iste.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Cum voluptatibus id nemo suscipit nesciunt provident nisi aliquid eos vel commodi nulla, accusantium sed earum fugit obcaecati tenetur. Dolor, dolorum, vitae!