दफा ३० : कारोबारको निलम्बन
दर्ता भएको व्यक्तिले दुई वा दुई भन्दा बढी पटक दफा २९ मा उल्लिखित कुनै कसूर गरेमा पटकै पिच्छे महानिर्देशकले त्यस्तो व्यक्तिको कारोबारस्थललाई बढीमा सात दिनसम्म कारोबार गर्न नपाउने गरी निलम्बन गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछ ।