दफा ३ : कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
यस ऐनको प्रयोजनको निमित्त श्री ५ को सरकारले आवश्यक सङ्ख्यामा कर अधिकृतहरु नियुक्त गर्न सक्नेछ र श्री ५ को सरकारले आवश्यक देखेमा श्री ५ को सरकारको अन्य कुनै अधिकृतलाई पनि कर अधिकृतको कार्य गर्ने गरी तोक्न सक्नेछ ।