दफा ११ : दर्ता खारेजी
(१) कर अधिकृतले देहायका कुनै अवस्थामा दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्न सक्नेछ ः–

(क) संगठित संस्था भए त्यस्तो संगठित संस्था बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा,

(ख) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,

(ग) साझेदार संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा,

(घ) दर्ता भएको व्यक्तिले कर लाग्ने कारोबार गर्न छाडेमा,

(ङ) भूलवश दर्ता भएकोमा ।

(२) दर्ता खारेजी सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ ।

(३) पहिले कर कट्टी सुविधा लिईसकिएका वस्तुहरुमध्ये दर्ता खारेज हुंदाका बखत बांकी रहेको मौज्दात (पूंजीगत सामान समेत) मा तोकिए बमोजिम कर निर्धारण गरी असुल गरिनेछ ।