दफा २८ : आयात सम्बन्धी व्यवस्था
(१) श्री ५ को सरकार, अर्थ मन्त्रालयले अन्यथा तोकेकोमा बाहेक आयात हुने वस्तुमा भन्सार अधिकृतले यस ऐन बमोजिमको कर असुल गर्नेछ ।

(२) आयात हुने वस्तुको सम्बन्धमा कर असुल उपर गर्न भन्सार अधिकृतले यस ऐन र प्रचलित भन्सार ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्नेछ ।