- प्रस्तावना
- दफा १ संक्षिप्त नाम र प्रारम्भ
- दफा २ परिभाषा
- दफा ३ कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- दफा ४ कर अधिकृतको अधिकार क्षेत्र
- दफा ५ मूल्य अभिवृद्धि कर लाग्ने
- दफा ६ आपूर्तिको स्थान र समय
- दफा ७ करको दर
- दफा ८ करको निर्धारण र असुल उपर
- दफा ९ सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- दफा १० दर्ता
- दफा ११ दर्ता खारेजी
- दफा १२ कर लाग्ने मूल्य
- दफा १३ बजार मूल्य
- दफा १४ बीजक दिनु पर्ने
- दफा १५ दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- दफा १६ कारोबारको लेखा राख्नु पर्ने
- दफा १७ कर कट्टी
- दफा १८ कर विवरण पेश गर्नु पर्ने
- दफा १९ करको भुक्तानी
- दफा २० कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- दफा २१ करको असुली
- दफा २२ विशेष अवस्थामा कर निर्धारण
- दफा २३ जांच तथा परीक्षण सम्बन्धी अधिकार
- दफा २४ कट्टी गर्न पाउने रकम बढी भएमा
- दफा २५ कर फिर्ता हुन सक्ने
- दफा २६ ब्याज
- दफा २७ कर सरह मानिने
- दफा २८ आयात सम्बन्धी व्यवस्था
- दफा २९ दण्ड सजाय
- दफा ३० कारोबारको निलम्बन
- दफा ३१ अदालतलाई भए सरहको अधिकार हुने
- दफा ३२ राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- दफा ३३ धरौटी राख्नु पर्ने
- दफा ३४ अधिकार प्रत्यायोजन
- दफा ३५ कर अधिकृतको परिचयपत्र
- दफा ३६ सूचनाको तामेली
- दफा ३७ गोपनीयता
- दफा ३८ कर अधिकृतलाई सजाय हुने
- दफा ३९ असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- दफा ४० पुरस्कार
- दफा ४१ नियम बनाउने अधिकार
- दफा ४२ अनुसूचीमा थपघट तथा हेरफेर
- दफा ४३ अरुमा प्रचलित कानून बमोजिम हुने
- दफा ४४ खारेजी र बचाउ
- अनुसूची–१ कर छुट हुने वस्तु तथा सेवाहरू
- अनुसूची–२ शून्य दरमा कर लाग्ने वस्तु तथा सेवा
दफा २१ : करको असुली | मूल्य अभिवृद्धि कर ऐन, २०५२
दफा २१ : करको असुली
(१) यस ऐन बमोजिमको म्यादभित्र बुझाउनु पर्ने कर कुनै करदाताले नबुझाएमा महानिर्देशकको पुर्व स्विकृति लिई सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछ ः–(क) करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।
(ख) करदाताको चल तथा अचल सम्पत्ति कब्जा गरेर ।
(ग) करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गरेर ।
(घ) बैंक तथा अन्य वित्तीय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।
(ङ) श्री ५ को सरकार वा श्री ५ को सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय निकायहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।
(च) कुनै तेस्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम करदाताको पुर्व सहमति लिई कट्टा गरेर । (
छ) करदाताको आयात निर्यात र अन्य कारोबार रोक्का गरेर ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम निर्धारण भएको कर त्यसरी निर्धारण भएको मितिले ६ वर्ष पछि असुल गर्न सकिने छैन ।