अनुसूची–१ : कर छुट हुने वस्तु तथा सेवाहरू | मूल्य अभिवृद्धि कर ऐन, २०५२
(मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा (३) संग सम्बन्धित)
कर छुट हुने वस्तु तथा सेवाहरू
१. श्री ५, श्री ५ बडामहारानी, श्री ५ युवराजाधिराज तथा राजपरिवारको अन्य सदस्यहरूबाट खरिद भएकाे वस्तु वा सेवाहरू ।
२. आधारभुत आवश्यकताका वस्तु तथा सेवाहरु ः
(क) अप्रशोधित आधारभुत खाद्य पदार्थहरु (चामल, दाल, पिठो, ताजा माछा, मासु, दुध, फुल, फलफुल, खाने तेल),
(ख) धाराको पिउने पानी,
(ग) दाउरा,
(घ) मट्टीतेल ।
३. आधारभुत कृषि उत्पादन र सोमा प्रयोग हुने सामग्रीहरु तथा जीवजन्तु (धान, गहुं, मकै, कोदो, मसुरो, मास, रहर, चना, सागसब्जी, मलखाद, कृषि, औजार, बिउ, बिजन, कीटनाशक औषधि)
४. सामाजिक कल्याण सेवाः
(क) श्री ५ को सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकिदिएका औषधि तथा स्वास्थ्य सेवाहरु,
(ख) पशु चिकित्सा सेवाहरु,
(ग) श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका शैक्षिक सेवाहरु ।
५. अशक्त व्यक्तिको प्रयोगको लागि बनेका साधनहरु ।
६. यात्रुवाहक यातायातका सेवाहरु (हवाजहाज वा लामो दूरीका यातायातका सवारी सेवाहरु बाहेक ) ।
७. शैक्षिक तथा संस्कृति सम्बन्धी वस्तु तथा सेवाहरु ः
(क) किताबहरु, अखवारहरु, पत्रपत्रिकाहरु, अखबारी कागज, रेडियो तथा टि.भि. प्रशारण ।
(ख) कलात्मक वस्तु, कालीगढी सेवा, सांस्कृतिक कार्यक्रम प्रदर्शन तथा गैर व्यावसायिक खेलकुदहरु,
(ग) पुस्तकालय, संग्रहालय, कला संग्रहालय, चिडियाघर तथा वनस्पति उद्यानको प्रवेश शुःल्क ।
८. मजदूरी सेवा सरह निजी सेवाहरु ः
(क) श्री ५ को सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशन गरी तोकिदिएका पेशागत रुपबाट गरिने व्यक्तिगत सेवाहरु,
(ख) कलाकार, गायक, नर्तकी, खेलाडी, रचनाकार, लेखक, डिजायनकर्ता, व्यावसायिक खेलाडी, बिमक, किताब बिक्रेता, अनुवादक, दोभासेले प्रदान गर्ने निजी सेवाहरु,
(ग) शैक्षिक अनुसन्धान सेवाहरु,
(घ) प्राविधिक अनुसन्धान सेवाहरु,
(ङ) कम्प्युटर प्रयोग गरी प्रदान गर्ने प्रणाली, विश्लेषण, कार्यक्रम सम्बन्धी सेवाहरु ।
९. अन्य वस्तु तथा सेवाहरु ः
(क) हुलाक टिकट, आय टिकट, बैंक नोट, चेक बुक,
(ख) वित्तीय तथा बिमा सेवाहरु,
१०. घर जग्गा खरीद तथा बहाल ।
११. बाजी, क्यासिनो, चिट्ठा ।