दफा ११ : व्यावसायिक छूट तथा सुविधाहरु
(१) कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएकोबाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन ।
(२) सहकारी ऐन, २०४८ बमोजिम दर्ताभई सञ्चालन भएको कुषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिबुटी खेती तथा प्रशोधन, तरकारीका बीउ विजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, फलफूल खेती तथा उत्पादन, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्बन्धी बीउ विजन, कीटनाशक औषधी, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्नेबाहेक) को कारोबार गर्ने सहकारी संस्था तथा ग्रामीण समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन ।
(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ ः–
(क) छ सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत,
(ख) अति अविकसित, अविकसित, अल्प विकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आयवर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमश ः सत्तरी, पचहत्तर र असी प्रतिशत ।
(४) उपदफा (१) , (२) वा (३) बमोजिम छूट पाउने व्यीिक्तले आयको गणना गर्दा अन्य छुट्टै व्यक्तिद्धारा सो आय मात्र प्राप्त गरे सरह मानी सो उपदफाहरुमा उल्लेख भए अनुसार आयको गणना गर्नु पर्नेछ ।
(५) एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छूट पाउन सक्ने अवस्था भएको व्यीिक्तले आफूले रोजेको कुनै एउटा छूट मात्र पाउनेछ ।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा को खण्ड (ख) बमोजिमको उद्योग सञ्चालन गर्न प्रयोग भएका सम्पत्तिहरु साबिकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग सञ्चालन गर्न प्रयोग गरेको भए सो उपदफाको समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नु पर्नेछ । 
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि,–
(क) “कृषि व्यवसाय” भन्नाले सार्वजनिक वा निजी जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय सम्झनु पर्छ ।
(ख) “अति अविकसित”, “अविकसित” र “अल्प विकसित क्षेत्र” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०४९ को अनुसूची–३ मा उल्लिखित क्षेत्र सम्झनु पर्छ ।
(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिंडी, सिगार, खाने सूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिक अन्य उत्पादनहरु, मदिरा, बीयर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्झनु पर्छ ।