अनुसूची – २
(दफा १९ संग सम्बन्धित)
ह्रास कट्टीको निर्धारण
१. ह्रासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण ः (१) ह्रासयेग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछ ः–
वर्ग            सम्पत्तिको विवरण
क              भवन, स्ट्रक्चर र स्थायी प्रकृतिका यस्तै प्रकारका 
                 अन्य बनौटहरु ।
ख              कम्पयूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, 
                 फिक्स्चर र कार्यालय उपकरणहरु ।
ग              अटोमोबाइल्स, बस तथा मिनीबसहरु ।
घ               निर्माण तथा उत्खननु सम्बन्धी उपकरणहरु र दफा
                 १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र 
                 यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै 
                 समावेश नभएका ह्रासयोग्य सम्पत्तिहरु ।
ङ              वर्ग घ मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरु 
                 बहेकका अदृश्य सम्पत्तिहरु ।
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्ननुसारको समूह राख्नु पर्नेछ र सो समूहलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरुको समूह मानिनेछ ः–
(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरुको सम्बन्धमा वर्ग क, ख,ग वा घ का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरुको उही समूहमा ।
(ख) वर्ग ङ का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरु भए तापनि वेग्ला वेग्लै समूहमा राख्नु पर्छ ।
(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसंग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरिद गर्दा परेको लागत सरह मानिनेछ ।
२.ह्रास खर्च ः (१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरु बपत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ ।
(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमका सूत्रका प्रयोग गरी निकाल्नु पर्नेछ ः–
 क × ख

(क) भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउनेछ 
(ख) भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउनेछ ।
(३) कुनै आय वर्षको अन्त्यमा वर्ग क, ख, ग वा घ मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ ।
तर यसरी घटाइएपछिको रकम शून्यभन्दा कम हुने छैन ः–
(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टीआधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम ।
(ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभित्र यस अनुसूचीको दफा ५ बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च ।
(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको निसर्गबाट प्राप्त कुनै रकम ।
(४) कुनै आय वर्षको अन्त्यमा वर्ग घ अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कुल योग हुनेछ ः–
(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टीको आधार रकम, र 
(ख) त्यस आर्थिक वर्षँमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम ।
(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समुहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछ ः–
(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न सूत्र अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ ः–
क र ३ × ख
यस खण्डको प्रयोजनको लागि क लाई देहायको अवधिको लागि देहायको मान हुनेछ ः –
(अ) आय वर्षको शुरुदेखी पुस मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ ,
(आ) माघदेखि चैत्रमसान्तबीचको अवधि दुई हुनेछ , र 
(इ) बैशाखदेखि आय वर्षको अन्त्य सम्मको अवधि एक हुनेछ ।
ख भन्नाले सो लागत रकम जनाउनेछ ।
(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्षपछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको विचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह बिघटन भएको हुनुहुदैन ।
(६) वर्ग क, ख, ग वा घ का समूहको ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अतिरिक्त ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ ।
३. ह्रासको दर ः (१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ ः–
वर्ग                          दर
क                      ५ प्रतिशत
ख                      २५ प्रतिशत
ग                       २० प्रतिशत
घ                       १५ प्रतिशत
                         सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको 
ङ                      लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरि निकटतम आधा वर्षमा                                    मिलानगरी हुन आउने दर प्रतिशतमा ।
(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरुले र अनुसूची–१ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग क, ख, ग, र घ मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाईले थप पाउनेछन् ।
४. ह्रासयोग्य सम्पत्तिको निसर्ग ः (१) व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरुको निसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड  (क) बढी भए यस्तो बढी भएजति रकम सो आयमा समावेश गर्नु पर्नेछ ।
(क) कुनै व्यक्तिको समूहको क, ख, ग वा घ वर्गामा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त भएका आयहरु,
(ख) निसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस  अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो  वर्षको अन्त्यमा रहेको ह्रास कट्टी आधार रकम ।
(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त् हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरु  निसर्ग गरेमा समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ ः–
(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षँको लागि सो बढी भएजति रकम प्राप्त गरे सरह मानिनेछ ।
 क – ख
 वा
(ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्षँ सो बढी भएजति खर्च रकम मिनाहा हुनेछ ।
 ख – क
 स्पष्टीकरण ः यस दफाको प्रयोजनकोलागि ः – (१) क भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निसर्गबाट
सो वर्ष प्राप्त् गरेको वा प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरु (इनकमिङ्गस) सम्झनु पर्छ ।
(२) ख भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्झनु पर्छ ः–
(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,
(आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरु (आउटगोइङ्गस), र 
(इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरु (आउटगोइङ्गस) ।
(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछ ः–
(क) समूहको वर्ग क, ख, ग वा घ को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाएपछि हुने रकम,
(ख) समूहको वर्ग घ को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरुका सबै खर्चहरु घटाएपछि हुने रकम ।