Section 29 : Penalties | Value Added Tax Act, 2052 (1996) [ amended with Finance Ordinance 2059 (2002) (2003-01-06) ]
Section 29 : Penalties
(१)कुनै व्यक्तिले देहायका कुनै कसूर गरेमा कर अधिकृतले देहाय बमोजिम जरिबाना गर्न सक्नेछ ः–(क) दफा १० को उपदफा (१), (२), (५), (६) वा (७) उल्लङ्घन गरेमा प्रत्येक कर महिनाको निमित्त लाग्ने कर र सोको दोब्बर रकम,
(ख) दफा १४ वा १५ उल्लङ्घन गरेमा लाग्ने करको दोब्बर रकम,
(ग) दफा १६ को उपदफा (१) बमोजिम कारोबारको लेखा अद्यावधिक नराखेमा लाग्ने करको दोब्बर रकम र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकै पिच्छे पांच हजार रुपैंया,
(घ) दफा १६ को उपदफा (२), (३) वा (४) उल्लङ्घन गरेमा दश हजार रुपैयांसम्म,
(ङ) दफा १८ को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने कर र सोको शत प्रतिशत रकम,
(च) दफा २३ बमोजिमको कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पांच हजार रुपैयां,
(छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयां ।
(२) कुनै व्यक्तिले देहाय बमोजिमको कुनै कसुर गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको दोब्बर रकमसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ः–
(क) झुट्टा लेखा वा बीजक वा अन्य कागजात तयार गरेमा,
(ख) जालसाजी गरेमा वा कर छलेमा,
(ग) दर्ता नभएको व्यक्तिले दर्ता भएको व्यक्ति सरह व्यवहार गरेमा,
(घ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरेमा ।