Section 20 : Tax Officer May Assess Tax | Value Added Tax Act, 2052 (1996) [ amended with Finance Ordinance 2059 (2002) (2003-01-06) ]
Section 20 : Tax Officer May Assess Tax
(१) देहायका कुनै अवस्थामा कर अधिकृतले कर निर्धारण गर्न सक्नेछ ः–(क) म्यादभित्र कर विवरण पेश नगरेमा,
(ख) अधुरो वा त्रुटिपूर्ण कर विवरण पेश गरेमा,
(ग) झुट्टा कर विवरण पेश गरेमा,
(घ) करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने कारण भएमा ।
(२) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा देहायका कुनै वा सबै आधारमा करको निर्धारण गर्न सकिनेछ ः–
(क) कारोबारको सबुत,
(ख) कारोबारको सम्बन्धमा सम्बन्धित कर अधिकृतले पेश गरेको कर परीक्षण प्रतिवेदन,
(ग) समान प्रकृतिको कारोबारमा संलग्न अन्य व्यक्तिले बुझाएको कर ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपरोक्त बमोजिम करको निर्धारण गर्दा प्रमाणको भार पु¥याउने अभिभारा सम्बन्धित कर अधिकृतको हुनेछ ।
(४) उपदफा (१) बमोजिम कर निर्धारण गर्दा कर विवरण पेश गर्नुपर्ने वा पेश गरेको मिति मध्ये जुन पहिले हुन्छ सो मितिले चार वर्षभित्र कर निर्धारण गरिसक्नु पर्नेछ । उक्त अवधिभित्र पनि कर निर्धारण हुन नसकेमा पेश भएको विवरण नै स्वतः मान्य भएको मानिनेछ ।
(५) यस दफा बमोजिम कर निर्धारण गर्दा कर अधिकृतले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ ।