Section 63 : Approval of retirement fund:
(१) अवकाश कोष राख्न चाहने बासिन्दा व्यक्तिले अवकाश कोष राख्ने स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिएमा विभागले तोकिए बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य आयबाट घटाई पाउन दाबी गर्न सक्नेछ । 

“तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाष कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन ।” 

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन ।