Section 59 : Banking business:
(१) बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

१क.) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकि· व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बा“की ऋण रकमको बढीमा पा“च प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पू“जीकृत गरिएमा वा मुनाफा वा लाभांश बा“डफा“ड गरिएमा जुन वर्ष बा“डफा“ड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।

(२) कुनै व्यक्तिलाई कुनै आय वर्षमा बैंकिङ्ग व्यवसायबाट नोक्सान भएमा सो व्यक्तिले त्यस्तो नोक्सानी सो व्यवसायको विगतका पाँच आय वर्षहरुको आयबाट तोकिए बमोजिम छटाउन पाउनेछ ।

“तर उपदफा (१क.) बमोजिमको रकमलाई खर्चको रूपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।” 

(३) उपदफा (२) बमोजिम नोक्सानी घटाउँदा देहाय बमोजिम भएको हुनु पर्नेछ ः–
(क) विगत आय वर्षमा सो व्यवसायबाट प्राप्त कुनै आयभन्दा बढी हुन नहुने,
(ख) कुल योग नोक्सानीको रकमभन्दा बढी हुन नहुने,
(ग) दफा २० को प्रयोजनको लागि कट्टा गर्न नपाएको नोक्सानीको रकम घट्ने ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “बैंकिङ्ग व्यवसाय” भन्नाले प्रचलित कानून बमोजिम बैंकिङ्ग कारेबार गर्न स्वीकृति प्राप्त बैंङ्क तथा वित्तीय संस्थाहरुले सञ्चालन गरेको बैंकिङ्ग कारोबार सम्झनु पर्छ ।