To read the act with this amendment please click on the link below
Income Tax Act, 2058 (2002)

1. संक्षिप्त नाम र प्रारम्भ
 (१) यस ऐनको नाम “आर्थिक ऐन, २०७९” रहेको छ ।
(२) यो ऐनको दफा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, २१, २३, २४, २५, २६, २७, २८, २९, ३३, ३४ र ३६ तुरुन्त प्रारम्भ हुनेछन् र अन्य दफाहरू संवत् २०७९ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछन ।
 

35. आयकर ऐन, २०५८ मा संशोधन
  आयकर ऐन, २०५८ को,–

35(1).
दफा ११ को,–
(क) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको   प्रतिबन्धात्मक वाक्यांश राखिएको छः–
“तर कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता भई गरेको कृषि व्यवसाय, तरकारीलाई डिहाइड्रेड गर्ने व्यवसाय र कोल्ड स्टोर व्यवसाय सञ्चालन गरी प्राप्त गरेको आयमा लाग्ने करमा शतप्रतिशत कर छुट हुनेछ । ”
(ख) उपदफा (३) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशमा रहेका “कर्णाली प्रदेश” भन्रे शब्दहरु पछि “र सुदूरपश्र्रिचम प्रदेशका पहाडी जिल्लाहरु” भने शव्दहरु थपिएका छन् ।
(ग) उपदफा (३घ) को खण्ड (क) मा रहेका “संवत् २०८२ साल” भन्रे शब्दहरुको सट्टा “संवत् २०८३ साल” भन्रे शब्दहरुको सोही खण्डको प्रतिबन्धात्मक वाक्यांशमा रहेका “संवत् २०८२ साल” भने्र शब्दहरु को सट्टा “संवत् २०८५ साल” भने शब्दहरु र “दुई सय” भन्रे शब्दहरुको सट्टा “चालीस” भने्र शब्दहरु राखिएका छन् ।
(घ) उपदफा (३ङ) को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छः– 
”(ग) नेपालमा उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिमको छुट पछि कायम हुने करमा थप पचास प्रतिशत । ”
(ङ) उपदफा (३ब) मा रहेका “तीन वर्ष” भन्रे शब्दहरु सट्टा  “पाँच वर्ष भन्रे शब्दहरु ” राखिएका छन् ।
(च) उपदफा (३ब) पछि देहायको उपदफा (३भ) र (३म) थपिएका छन्ः– 
”(३भ) विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाचँ वर्षसम्म लाग्ने करमा चालीस प्रतिशत छुट हुनेछ ।
(३म) कृषि औजार उत्पादन गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाचँ वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ । ”
 

35(2).
दफा ११ग झिकिएको छ ।

35(3).
दफा २१ को उपदफा (३) को स्पष्टीकरणको खण्ड (ग) मा रहेका “बैङ्क खातामा जम्मा हुने गरी गरिएको भुक्तानी” भन्रे शब्दहरु पछि ”, नेपाल राष्ट्र बैंङ्कबाट स्वीकृत प्राप्त डिजिटल वालेटको माध्यमबाट हुने भुक्तानी” भन्रे शब्दहरु थपिएका छन् ।

35(4).
दफा ५७ को उपदफा (१क) को ठाँउठाँउमा रहेको “शेयरवााला” भन्रे शब्दहरु सट्टा “शेयरवााला वा साझेदार” भन्रे शब्दहरु राखिएका छन् । 

35(5).
 दफा ६५ को उपदफा (१) को खण्ड (ख) पछि देहायको स्पष्टीकरण थप गरिएको छः–  ”स्पष्टीकरणः  यस दफाको प्रयोजनको लागि “योगदानमा आधारित हित” भन्राले दफा ६३ को उपदफा (३) बमोजिम तोकिएको सीमाभित्र रही गरिएको अवकाश योगदानसँग सम्बन्धित हितलाई सम्झनु पर्दछ। ” 

35(6).
दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड(१२) पछि देहायको खण्ड (१३) थपिएको छः–
”(१३) साहित्यिक लेख वा रचना बापत बासिन्दा एक व्यक्तिलाई रोयल्टी रकम भुक्तानी रकमको एक दशमलब पाचँ प्रतिशतका दरले ।”
 

35(7).
दफा ९५क. को उपदफा (३) को–
(क) खण्ड (क) मा रहेका “दुई दशमलब पाचँ प्रतिशतका दरले” भन्रे शब्दहरुको सट्टा “पाँच प्रतिशतका दरले” भन्रे शब्दहरु राखिएका छन् ।
(ख) खण्ड (ख) मा रहेका “पाँच प्रतिशतका दरले” भन्रे शब्दहरुको सट्टा “सात दशमलब पाँच प्रतिशतका दरले” भने्र शब्दहरु राखिएका छन् ।

35(8).
दफा ९७ को उपदफा (१) को खण्ड (ग) मा रहेको “वा” भने्र शब्द झिकी सो खण्डपछि देहायको खण्ड (ग१) थपिएको छ ः–
”(ग१) त्यस्तो आय वर्षमा दफा ९५क  को उपदफा (६ख),(६ग),(६घ) मा उल्लेख भए बमोजिमको आय मात्र हुने बासिन्दा प्राकृतिक व्यक्ति ।”
 

35(9).
दफा ११४ को उपदफा (१) को खण्ड (ञ) मा रहेका “उजुरी” भन्रे शब्दको सट्टा “निवेदन” भन्रे शब्द राखिएको छ ।

35(10).
दफा ११६ को–
(क) उपदफा (६) मा रहेका “आन्तरिक राजस्व” भन्रे शब्दहरु झिकिएका छन्।
(ख) उपदफा (६) पछि देहायको उपदफा (७) थपिएको छः–
”(७) उपदफा (५) बमोजिम सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा कोष तथा नियन्त्रक कार्यालयको रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क  भौचर वा त्यस्तो रकम बराबरको जमानतपत्र पुनरावेदनपत्र साथ पेश गर्नु पर्नेछ ।” 
 

35(11). अनुसूची १ मा संशोधन
अनुसूची १ को–
(१) दफा १ कोः–
(क) उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छः–
      ”(१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्तिको करयोग्य आयमा यस अनुसूचीको उपदफा (२), (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछः–”
(क) पाँच लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत, 
(ख) पाँच लाख रुपैयाँभन्दा बढी तर सात लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम पाँच लाख रुपैयाँसम्म पाँच हजार रुपैयाँ र पाँच लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत, 
(ग) सात लाख रुपैयाँभन्दा बढी तर दश लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम सात लाख रुपैयाँसम्म पच्चीस हजार रुपैयाँ र सात लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) दश लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम दश लाख रुपैयाँसम्म  पचासी हजार रुपैयाँ र दश लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत र 
(ङ) बीस लाख रुपैयाँ भन्दा बढी कर योग्यआय भएमा बढी भएजति कर योग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएमा करदाताको हकमा, निवृत्तभरण बापतको आय,निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिमको कर लाग्ने छैन ।”
(ख) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छः–
“(२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरमा कर लाग्नेछः– 
(क) छ लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
(ख) छ लाख रुपैयाँभन्दा बढी तर आठ लाख रुपैयाँसम्मको करयोग्य आय भएमा खण्ड (क) बमोजिम छ लाख रुपैयाँसम्म छ हजार रुपैयाँ र छ लाख रुपैयाँभन्दा  बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) आठ लाख रुपैयाँभन्दा बढी तर एघार लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम आठ लाख रुपैयाँसम्म छब्बीस हजार रुपैयाँ र आठ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत, 
(घ) एघार लाख रुपैयाँभन्दा बढी तर बीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ग) बमोजिम एघार लाख रुपैयाँसम्म छयासी हजार रुपैयाँ र एघार लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत,
(ङ) बीस लाख रुपैयाँ भन्दा बढी करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर ।
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा खण्ड (क) बमोजिम कर लाग्ने छैन ।”
(ग) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएको छः–
”(३) उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछः–
(क) बासिन्दा प्राकृतिक व्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा पाँच लाख रुपैयाँभन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिमको छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा छ लाख रुपैयाँभन्दा बढी आय भएको,
(ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरुप कर योग्य आयको गणनामा समावेस भएको ।”
(घ) उपदफा (४) को सट्टा देहायको उपदफा (४) राखिएको छः–
“(४) उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः–
(क) देहायका रकममध्ये जुन छ त्यस्तो रकममा त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछः–
(१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
(२) प्राकृतिक व्यक्तिको सम्बन्धमा पाँच लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा छ लाख रुपैयाँ ।
(ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशत दरले कर लाग्नेछ ।
तर,
(१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी भएको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(२) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष भन्दा कम रहेको छ भने सात दशमलब पाँच प्रतिशतका दरले कर लाग्नेछ ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा सात दशमलब पाँच प्रतिशतका दरले कर लाग्नेछ । ”
(ङ) उपदफा (४) पछि देहायको उपदफा (४क) थपिएको छः–
”(४क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसाय सच्ञालनमा संलग्न नरहेको कुनै बान्दिा प्राकृतिक व्यक्तिको दफा ९५क. को उपदफा (६ख), (६ग), (६घ) बमोजिमको आयमा एक प्रतिशतले कर लाग्नेछ । ”
(च) उपदफा (१२) मा रहेका “पच्चीस हजार रुपैयाँ” भने्र शब्दहरुको सट्टा “चालीस हजार रुपैयाँ” भने्र शब्दहरु राखिएका छन् ।
(२) दफा २ को उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएको छः–
”(३) सहकारी ऐन” २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले करछुट हुने कारोबार गरेमा देहाय बमोजिम दरले कर लाग्नेछः–
नगरपालिका क्षेत्रभित्र सच्ञालन भएकोमा सात दशमलब पाँच प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र सच्ञालन भएकोमा दश प्रतिशत,
महानगरपालिका क्षेत्रभित्र सच्ञालन भएकोमा पन्ध्र प्रतिशत”