To read the act with this amendment please click on the link below
Income Tax Act, 2058 (2002) Value Added Tax Act, 2052 (1996)

1. संक्षिप्त नाम र प्रारम्भ
 (१) यस ऐनको नाम आर्थिक ऐन, २०७८ रहेको छ।
 (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
 

40. आयकर ऐन, २०५८ मा संशोधन
  आयकर ऐन‚ २०५८ को‚–

40(1).
(१)  दफा २ को‚
(क) खण्ड (द) को उपखण्ड (२) को स्पष्टीकरण  खण्डमा रहेका भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गाू भन्ने शब्दहरुको सट्टा भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गाू भन्ने शब्दहरु राखिएका छन्।
(ख) खण्ड (कम) मा रहेको "कमिशन‚" भन्ने शब्द झिकिएको छ।
 

40(2).
दफा ४ को, 
 (क) उपदफा (४) को, (१) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छः

(ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी नभएको‚
(२) खण्ड (ग) र (घ) झिकिएका छन्।
(ख) उपदफा (४क) को, 
(१) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छः
(ख) व्यवसायबाट प्राप्त  करयोग्य आय दश लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको, ”
(२) खण्ड (ग) झिकिएको छ।
 


40(3).
दफा ५ मा रहेका दफा १२, १२क, १२ख, ६३ वा भन्ने  शब्दहरुको सट्टा १२, १२क, १२ख, १२ग, ६३ वा भन्ने  शब्दहरु राखिएका छन्। 

40(4).
दफा (१०) को खण्ड (ट) पछि देहायका खण्ड (ठ) र
(ड) थपिएका छन्
(ठ) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष (म्युच्युअल  फण्ड)
ले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम‚
(ड) नेपाल सरकार वा नेपाल सरकारको सम्बिन्धत निकायसँग भएको समझदारीपत्रको आधारमा नाफा नकमाउने वा वितरण नगर्ने उद्देश्यले स्थापना भई सञचालनमा रहेको शैक्षिक संस्थाले आफ्नो उद्र्दश्य  अनुरुप आर्जन गरेको रकम।

40(5).
 दफा ११ को‚
(क) उपदफा (१) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छः
तर कुनै फर्म, कम्पनी, साझेदारी तथा संगिठत संस्थाको रुपमा दर्ता गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशतले कर छुट हुनेछ।
(ख) उपदफा (3ङ) को खण्ड (ग) मा रहेका “पच्चीस प्रतिशत” भन्ने शव्दहरुको सट्टा “पैंतिस प्रतिशत” भन्ने शब्दहरु राखिएका छन् ।

(ग) उपदफा (3द) को सट्टा देहायको उपदफा (3द) राखिएको छः

(3द)  औधोगिक क्षेत्र वा औधोगिक ग्राममा स्थापना वा स्थान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा पचास प्रतिशत र त्यसपछिको पाँच वर्षसम्म पच्चीस प्रतिशत छुट हुनेछ ।

(घ)उपदफा (३द) प्छि देहायका उपदफा (३ध), (३न), ३(प) र (३फ) थपिएको छन् ः–

(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बीस प्रतिशत छुट हुनेछ ।

(३न) नवप्रवर्तनकारी ज्ञान , सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोडसम्म कारोबार गर्नै विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।

(३प) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएमा त्यसरी स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुनेछ ।

(३फ) वातावरणमा प्रत्यक्ष असर पर्न‘ प्रयोग भइसकेको वस्तु मात्र कच्चा पर्दाथका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उधोगलाई कारोबार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चीस प्रतिशत छुट हुनेछ । 


40(7).
 दफा (१२ख) पिछ देहायको दफा (१२ग) थपिएको छः
(१२ग) स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुजी स् कुनै व्यक्तिले सम्बद्ध व्यक्ति बाहेकका बढीमा पाँच वटा स्टार्ट अप व्यवसायलाई प्रति व्यवसाय एक लाख रुपैयाँसम्मको बीउ पुँजी अनुदान स्वरुप उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ।
 

40(8).
दफा (४७क) को, 
(क) उपदफा (६) मा रहेका निर्सग हुन चाहने निकायले संवत् २०७८ असार मसान्तिभत्रू
भन्ने शब्दहरुको सट्टा निसर्ग हुन चाहने एकै वर्गका निकायले संवत  २०७९ साल असार
मसान्तिभञू भन्ने शब्दहरु राखिएका छन्।
(ख) उपदफा (७) मा रहेका संवत् २०७९ असार मसान्तिभञू भन्ने शब्दहरुको सट्टा संवत्
२०८० साल असार मसान्तिभञू भन्ने शब्दहरु राखिएका छन्।
 

40(9).
 दफा ७५ को उपदफा (२) मा रहेका विभागमा वा विभागले आवश्यकताअनुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्धारा उपलब्ध गराउनेछू भन्ने शब्दहरुको सट्टा विभागको आफ्नो वेबसाइटमा वा राष्र्टियस्तरको पञपञिकामा वा अन्य विधुतिय माध्यमबाट प्रकाशन तथा पसारण गर्न सक्नेछू भन्ने शब्दहरु राखिएका छन्।
 

40(10).
 दफा ७९ को उपदफा (१) को खण्ड (क) मा रहेका टेलिफ्याक्स, टेलेक्स, भन्ने शब्दहरुको सट्टा ठेगानामा फ्याक्स, भन्ने शब्दहरु राखिएका छन्।
 

40(11).
 दफा ८८ को, 
(क) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको‚ (१) खण्ड (८) को प्र्र्र्र्र्रतिबन्धात्मक वाक्यांश झिकिएको छ।
(२) खण्ड (९) मा रहेका विदेशी बैङ्कबाटू भन्ने शब्दहरुको सट्टा विदेशी बैङ्क वा
अन्य वितीय संस्थाबाटू भन्ने शब्दहरु राखिएका छन्।
(३) खण्ड (१०) पिछ देहायका खण्ड (११) र (१२) थिपएका छन्।
(११) विदेशी विधालय वा विश्वविधालयलाई रजिष्र्टेशन शुल्क, शिक्षण शुल्क तथा
परीक्षा शुल्क बापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतका दरले।

40(12).
 दफा ८९ को उपदफा (३) को अन्त्यमा देहायको प्रतिबन्धात्मक बाक्यांश थप गिरएको छः
तर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्ञ प्रहरीले आफ्नो प्रयोजनका लागि खरिद गर्न
हातहितयार, गोली गठ्ठा तथा सञ्चार उपकरणको खिरद बापतको भक्तुानीमा यो उपदफा लागू हुने छैन।
 

40(14).
 दफा ९५क को,
(क) उपदफा (२) को खण्ड (क) मा रहेका बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशतू भन्ने शब्दहरुको सट्टा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीनसय पैसठ्ठी दिनभन्दा बढी अविध स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीनसय पैंसठ्ठी दिन वा सो भन्दा कम अविध स्वामित्वमा रहेको हितको लाभ
रकमको सात दशमलव पाँच प्रतिशतू भन्ने शब्दहरु राखिएका छन्।
(ख) उपदफा (४) झिकिएको छ।
(ग) उपदफा (६क) पछि देहायका उपदफा (६ख), (६ग) र (६घ) थपिएका छन्
(६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्रकृतिक व्यक्तिले नेपाल
बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विधुतीय सेवा उपलब्ध गराए बापत विदेशी मिुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वितीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि टरान्सफर) गर्न संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक
प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पनेछ।
(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बािहर परामर्श सेवा प्रदान गरे बापत िवदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको  भएमा सम्बन्धित बैङ्क, वितीय संस्था तथा मुद्रा हस्तान्तरण ९मनि टरान्सफर० गर्ने संस्थाले त्यस्तो भुक्त्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्क्तानी  प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि टरान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्क्तानी प्रदान  गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
 

40(15).
 दफा ९६ को उपदफा (२) को खण्ड (ग) को उपखण्ड (३) झिकिएको छ। 

40(16).
दफा ११६ को उपदफा (४) पछि देहायका उपदफा (५) र (६) थिपएका छन्:
(५) उपदफा (१) बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिँदा निर्धारित कर रकममध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम, शुल्क र जरिबानाको पचास प्रतिशत रकम धरौटी वा त्यस्तो रकम बापत बैङ्क जमानत दिनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम धरौटी रकम वा बैङ्क जमानतको गणना गर्दा आन्तिरक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिल गरेको पच्चीस प्रतिशत कर रकमलाई समेत गणना गर्नु पर्नेछ।
 

40(17). अनुसूची १ मा संशोधन
अनुसूची १ को दफा १ को‚
(१) उपदफा (४) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (३) को सट्टा देहायको उपखण्ड (३) राखिएको छः
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको नस्सगर्बाट प्राप्त लाभको हकमा पाँच प्रतिशत र
तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको निस्सगर्बाट प्राप्त लाभको हकमा सात दशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ।
(२) उपदफा (९) पिछ देहायको उपदफा (९क) थिपएको छः
(९क) यस दफामा अन्यन्त्र जुन सुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि उपदफा (१) को खण्ड
(क) वा दम्पतिको लागि उपदफा (२) को खण्ड
(क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने
रकममा मात्र यस दफा बमोजिम करको गणना गिरनेछ।
तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिम भन्दा बढी हुने छैन।
(३) उपदफा (१६) पिछ देहायको उपदफा (१६क) थिपएको छः
(१६क) यस दफामा अन्यत्र जुन सुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्रकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा
गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गिरनेछ।
(४) उपदफा (१७) को सट्टा देहायको उपदफा (१७) राखिएको छः
(१७) ऐनको दफा  ४क को उपदफा (४क) बमोजिम कारोबार रकमको कर गणना
गर्दा तीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोीजमको कर र सो भन्दा बढीको कारोबार रकममा देहाय बमोीजमको दरले कर लाग्नेछः
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको
कारोबार गर्न व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव दुई पाँच प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव तीन प्रतिशत, (ख) खण्ड (क) मा उिल्लिखत व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत।

40(4).