१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस अध्यादेशको नाम “आर्थिक अध्यादेश, २०५९” रहेकोछ ।  

(२) यो अध्यादेश तुरून्त प्रारम्भ हुनेछ ।  


२२. आयकर ऐन, २०५८ मा संशोधन
आयकर ऐन, २०५८ को,– 

२२(१).
दफा २ को,–  

(क) खण्ड (द) को उपखण्ड (३) मा रहेको “निजी भवन” भन्ने शब्दहरू अगाडि “जग्गा तथा” भन्ने शब्दहरू थपिएका छन्।

 (ख) खण्ड (क झ) को उपखण्ड (२) को शुरूमा “ऋण दायित्व अन्तर्गतको” भन्ने शब्दहरू थपिएका छन्र सोही उपखण्डमा रहेको “प्रिमिमय” भन्ने शब्दको सट्टा “प्रमियम” भन्ने शब्द राखिएकोछ ।  

(ग) खण्ड (क ल) मा रहेका “कार्यसंग सम्बन्धित” भन्ने शब्दहरू झिकिएका छन्।  


२२(२).
दफा ५ मा रहेको “दफा १२ वा ६३” भन्ने शब्दहरू पछि “वा दुवै दफा” भन्ने शब्दहरू थपिएका छन्। 

२२(३).
दफा ६ को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “दफा ११ वा ६४” भन्ने शब्दहरू पछि “वा दुबै दफा” भन्ने शब्दहरू थपिएका छन्। 

२२(४).
दफा १४ को उपदफा (२) मा रहेको “सो उपदफा बमोजिम कट्टी गर्न पाउने कुल व्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन” भन्ने वाक्यांशको सट्टा “नियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई व्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टी गर्न पाउने त्यस्तो व्याज रकम देहायका रकमहरूको जम्मा भन्दा बढी हुने छैन” भन्ने वाक्यांश राखिएकोछ । 

२२(५).
दफा २४ को उपदफा (३) पछि देहायको उपदफा (३क.) थपिएको छः–

“(३क.) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बैंकि· व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकि· सम्बन्धी प्रचलित कानूनका अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखांकनलाई विभागले मान्यता दिन सक्नेछ ।”  


२२(६).
दफा ५९ को,–  

(क) उपदफा (१) पछि देहायको उपदफा (१क.) थपिएकोछ ः–

 “(१क.) नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको अधीनमा रही बैंकि· व्यवसाय संचालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बा“की ऋण रकमको बढीमा पा“च प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ । यसरी जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र सो कोषमा रहेको रकम पू“जीकृत गरिएमा वा मुनाफा वा लाभांश बा“डफा“ड गरिएमा जुन वर्ष बा“डफा“ड गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।”

 (ख) उपदफा (२) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः–

 “तर उपदफा (१क.) बमोजिमको रकमलाई खर्चको रूपमा कट्टी गरेको भए त्यस्तो नोक्सानी घटाउन पाइने छैन ।”  


२२(७).
दफा ६३ को उपदफा (१) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएकोछ ः– “तर नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापना भएको नागरिक लगानी कोषले अवकाष कोष राख्न चाहेमा त्यस्तो कोषले र कर्मचारी संचय कोष ऐन, २०१९ बमोजिम स्थापना भएको कर्मचारी संचय कोषले त्यस्तो कोषको लागि स्वीकृति लिनुपर्ने छैन ।” 

२२(८).
दफा ६५ को उपदफा (१) को दोस्रो हरफमा रहेको “हितबाट भएको” भन्ने शब्दहरू पछि “वा श्री ५ को सरकारबाट भएको अवकाश भुक्तानी” भन्ने शब्दहरू थपिएका छन्। 

२२(९).
दफा ७४ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ः– “(१) करदाताले यस ऐन बमोजिमका कर्तव्यहरू पालना गर्नु पर्नेछ ।” 

२२(१०).
दफा ८१ को उपदफा (२) मा रहेको “कम्तीमा” भन्ने शब्द झिकिएकोछ । 

२२(११).
दफा ८८ को,–  

(क) उपदफा (१) मा रहेका “भुक्तानी गर्दा र सो व्यक्ति स्वीकृत अवकाश कोष भएमा कुनै” भन्ने शब्दहरूको सट्टा “र” भन्ने शब्द राखिएको छ र सो उपदफाको प्रतिबन्धात्मक वाक्यांशको सट्टा देहायको प्रतिबन्धात्मक वाक्यांश राखिएकोछ ः–

“तर नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।”

 (ख) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ ः–  

“(२) वासिन्दा व्यक्तिले नेपालमा श्रोत भएको लाभांश भुक्तानी गर्दा भुक्तानी रकमको पा“च प्रतिशतका दरले र लगानी बीमाबाट प्राप्त लाभ वा स्वीकृति नलिएको अवकाश कोषबाट प्राप्त लाभ भुक्तानी गर्दा कूल भुक्तानी रकमको दश प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।”  

(ग) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछ ः–

 “(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैंक, वित्तीय संस्था वा ऋण पत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्ड वापत देहाय बमोजिमको व्याज वा व्याज स्वरूपको कुनै रकम भुक्तानी दिंदा कुल भुक्तानी रकममा छ प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ ।  

(क) नेपालमा श्रोत भएको, र  

(ख) व्यवसाय सञ्चालनस“ग सम्बन्धित नभएको ।”  


२२(१२).
दफा ९२ को उपदफा (१) को,–  

(१) खण्ड (ङ) को सट्टा देहायको खण्ड (ङ) राखिएको छ ः– “(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले भुक्तानी दिएको व्याज,”  खण्ड (च) पछि देहायका खण्ड (छ) र (ज) थपिएकाछन्ः–

 “(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू, र

 (ज) बैठक भत्ता ।”  


२२(१३).
दफा ९५ को,–  

(क) उपदफा (१) मा रहेका “सो को विवरण” भन्ने शब्दहरू पछि “विभागबाट” भन्ने शब्द थपिएको छ ।  

(ख) उपदफा (७) मा रहेका “वा उपदफा (६) बमोजिम करको किस्ता बुझाउन कुनै व्यक्तिले अनुमान पेश गर्नु नपर्ने गरी तोकिएकोमा” भन्ने शब्दहरू झिकिएका छन्।  


२२(१४).
दफा ९७ को,–  

(क) खण्ड (ख) को अन्त्यमा रहेको “वा” भन्ने शब्द झिकिएकोछ ।  

(ख) खण्ड (ग) को अन्त्यमा रहेको “।” को सट्टा, “,” राखी “वा” थपिएकोछ ।  

(ग) खण्ड (ग) पछि देहायको खण्ड (घ) थपिएकोछ ः–  

“(घ) अनुसूची–१ को दफा १ को उपदफा (१०) बमोजिम कर दाखिला गर्ने सवारीसाधन धनी प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति ।”  


२२(१५).
दफा १०६ मा रहेका “कर विभागले” भन्ने शब्दहरूको सट्टा “विभागले” भन्ने शब्दहरू राखिएकोछ । 

२२(१६).
दफा ११४ को उपदफा (१) को खण्ड (ङ) मा रहेका “करको निर्धारण” भन्ने शब्दहरू पछि “वा दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री खर्चको निर्धारण” भन्ने शब्दहरू थपिएका छन्। 

२२(१७).
दफा ११७ को,–

 (क) उपदफा (१) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएका छन्।  

(ख) उपदफा (२) मा रहेका “डेढ प्रतिशत” भन्ने शब्दहरूको सट्टा “शून्य दशमलव एक प्रतिशत” भन्ने शब्दहरू राखिएका छन्र सोही उपदफामा रहेका “प्रति महिनाका” भन्ने शब्दहरूको सट्टा “प्रति वर्षका” भन्ने शब्दहरू राखिएका छन्।  


२२(१८).
अनुसूची–१ मा संशोधन ः अनुसूची–१ को दफा १ को,–  

(क) उपदफा (१), (२), (३), (४) र (५) को ठांउ ठांउमा रहेका “पचपन्न हजार रूपैया“”, “पचहत्तर हजार रूपैया”, “एक लाख तीस हजार रूपैया” र “एक लाख पचास हजार रूपैया“” भन्ने शब्दहरूको सट्टा क्रमशः “पैसठ्ठी हजार रूपैया”, “पचासी हजार रूपैया”, “एक लाख चालीस हजार रूपैया” र “एक लाख साठी हजार रूपैया” भन्ने शब्दहरू राखिएका छन्।

(ख) उपदफा (४) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश झिकिएको छ ।  

(ग) उपदफा (९) पछि देहायको उपदफा (१०) थपिएकोछ ः–

“(१०) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीहरूबाट देहाय बमोजिमको वार्षिक कर असुल गरिनेछ । सवारी साधन धनी प्राकृतिक व्यक्ति भएमा यसरी तिरेको कर नै अन्तिम हुनेछ ।  

सवारीको किसिम                 प्रति सवारी साधनमा बुझाउनु पर्ने वार्षिक कर

 (अ) मिनिवस, मिनि ट्रक, ट्रक र बस     रू. १,५००।–  

(आ) कार, जिप, भ्यान, माइक्रो बस     रू. १,२००।–

 (इ) थ्रि ह्विलर, अटो रिक्सा, टेम्पो         रू. ८५०।–  

(ई) टे«क्टर र पावर टिलर             रू. ७५०।–”