Section 9 : Number of shareholders
(१) प्राइभेट कम्पनीको शेयरधनीहरूको संख्या एकसय एक भन्दा बढी हुनु हुँदैन ।

(२) दफा ३ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशको अधीनमा रही पब्लिक कम्पनीको शेयरधनीहरूको संख्या कम्तीमा सातजना र बढीमा जतिसुकै पनि हुन सक्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीहरुलाई शेयर बिक्री गर्ने योजना अन्तर्गत कम्पनीको शेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरिद गरीसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई शेयरधनीको रुपमा गणना गरिने छैन ।